आजदेखि गाडीबाट सार्वजनिक ठाउँ र सडकमा फोहर फ्याँक्नेलाई कारबाही

158
Loading...

काठमाडौं, पुस १ – सरकारले शुक्रबारदेखि गाडीबाट सार्वजनिक ठाउँ र सडकमा फोहर फ्याँक्नेलाई कारवाही गर्ने भएको छ । गाडीबाट जथाभावि फोहोर फाल्दा सहरसँगै सडकको सौन्दर्यमा कमी आएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो नयाँ नियम लागु गरेको हो ।

अब कसैले गाडीबाट सडकमा फोहोर फ्याँके वा थुके पाँच सय देखि पाँच हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद गरिने फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।

सार्वजनिक गाडीले फोहोरमैलाका लागि गाडीभित्रै डस्टबिन राख्नु पर्ने छ । गाडीमा यात्रा गर्दा सार्वजनिक ठाउँ तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ जथाभावी फाल्दा वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका एक महिनासम्म अभ्यासका लागि छुट दिइनेछ तर त्यसपछि पनि अटेर गरी फोहोर फाले कारवाही हुनेछ । लामो दूरीमा चल्ने गाडीमा भने पहिलो पटक सूचना जारी गरेपछि हरेक तीन घन्टामा त्यही सूचना वा जानकारीलाई चालक वा सहचालकले दोर्होयाउने छन् ।

रात्रिकालीन सेवाका बसमा भने राति खाना खाने समयमा सूचना सम्झाउने छन् । यस्तै सार्वजनिक गाडीको झ्याल वा सबैले देख्ने ढोकामा बाहिर फोहोर नफाल्न जानकारी सहितको सूचना पनि टाँस गर्नेछन् ।

यस्तै गाडीमा संकलन भएको फोहोरलाई गाडीवालाले आफ्नो अन्तिम गन्तव्य वा बिसर्जन विन्दुमा फाल्ने व्यवस्था गर्नेगरी सम्बन्धित नगरपालिकाले व्यवस्थापनको जिम्मा लिनेछन् । सार्वजनिक बस, मिनिबस, माइक्रोबस, टेम्पो लगायतका यात्रुका लागि फोहोर फाल्न डस्टबीन वा सरकारले तोकेको गुणस्तर पोलिथिन थैलोको अनिवार्य व्यवस्था गर्न लागिएको हो ।

Loading...

LEAVE A REPLY