आहा ! प्रधानमन्त्री पुष्पकमल दाहालको घडी प्रधानमन्त्री दाहालको छिपाएको सम्पत्ती कति ? हेर्नुस्

0
379

पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री भएताका पत्रकार भुषण दाहालले देब्रे हातमा रोलेक्स घडी बाँधेर पुस्तक पढ्दै गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालको तस्बिर ट्वीट गर्दै लेखेका थिए– ‘आहा ! कति राम्रो घडी ।’
त्यसका तल अनेक प्रतिक्रिया आए । अनि फेरि पत्रकार दाहालले रोलेक्स घडीको तस्बिर पोष्ट गर्दै लेखे– ‘यही हो भन्ने हाम्लाई लाइराख्या छ ।’ वजारमा त्यो घडीको मुल्य कति पर्छ त ? भनेर चक्रपथ डटकमले खोज्यो । अहिलेको वजार मुल्य अनुसार प्रधानमन्त्री दाहालले देब्रे हातमा बाँधेको उक्त घडीको मोल १५ लाख २३ हजार रुपैयाँ पर्ने रहेछ ।


सम्पत्ती विवरण लुकाइराख्ने इच्छा भए पनि ‘सर्वहारा’ भनिने यी प्रधानमन्त्रीले पद धारण गरेको ४ महिनापछि वाध्यताले सम्पत्ती विवरण सार्वजनिक गरे । प्रचलित कानुन अनुसार एक महिना भित्रै सम्पत्ती विवरण सार्वजनिक गर्नु पर्ने भए पनि दाहालले चार महिनापछि बल्ल सम्पत्ती विवरण त सार्वजनिक गरे तर, अपत्यारिलो ।
प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको उनको सम्पत्ती विवरणमा पत्नी सीताको नाममा चितवनमा एक कठ्ठा जग्गा र उनैका नाममा तीन तोला सुन मात्रै छ । तीन तोला सुन भन्दा झण्डै १२ गुणा मुल्य पर्ने हातमा टिमिक्क बाँधेको घडी भने छैन ।


प्रधानमन्त्री दाहालको अहिले सार्वजनिक भएको सम्पत्ती मात्रै होला त ? पत्याउन मुस्किलै पर्छ । जे होस् उनी पक्षीय संचार माध्यमहरुले ‘सुशील कोइराला भन्दा पनि गरिव, अझ विश्वकै गरिव प्रधानमन्त्री’ भनेर समाचार लेख्न भ्याए । अझ पत्याउनै नसकिने कुरा त के छ भने प्रधानमन्त्री दाहालका नाममा बैंक खाता समेत छैन । हरेक नेपालीका नाममा बैंक खाता खोलेर राज्यसँगको आर्थिक सम्बन्ध बैंक मार्फत नै गर्ने जमानामा बैंक खाता नभएका प्रधानमन्त्रीले तलव कसरी खान्छन् ? कि प्रधानमन्त्री दाहालले आफ्नो तलव भत्ता पनि नगदमै बुझ्ने गरेका छन् ? सम्पत्ती विवरण बुझाउँदा प्रस्तुत गरेको झुठले अनेकौं झुठहरु सार्वजनिक हुने अवस्थामा प्रधानमन्त्री दाहाल पुगेका छन् ।
मासिक पारिश्रमिक लिएर कमाइ गर्ने हरेक नागरिकले राज्यलाई आयकर बुझाउने कानुन प्रचलनमा छ । बैंकमा खाता नै नभएका प्रधानमन्त्री दाहालको बैंक खाता छैन भने प्यान (पर्मानेन्ट एकाउन्ट नम्बर) कसरी होला ? कि दाहालले राज्यलाई कर तिर्दैनन् ? चितवनमा एक कठ्ठा जग्गा र तीन तोला सुन मात्रै रहेको मान्छेले जहान परिवार कसरी पालेका होलान् ? लाजिम्पाटको भब्य महल आफ्नो नभएको उनको अपत्यारिलो कानुनी दाबी छ । ५ वर्षअघि देखि प्रधानमन्त्री नभएका बेलामा समेत त्यो घरको भाडा कसरी तिरेका होलान् ? एउटी श्रीमती छिन्, लुगा राम्रै लगाउँछिन्, एक छोरा, दुई दुईवटी बुहारी नाति नातिना पनि छन् । कसैले जागिर गरेका छैनन्, कसरी पाल्दै आएका छन् होला ?


अझ रोचक कुरा त के छ भने अघिल्लो पटक प्रधानमन्त्री हुँदा बुझाएको सम्पत्ती विवरणमा दुई तोला मात्रै सुन थियो, अहिले तीन तोला भएछ । कमाइ केही नभएको मान्छेले कसरी किन्न सके अर्काे तोला सुन ?
एकातिर प्रधानमन्त्री दाहालले बुझाएको सम्पत्ती विवरण पत्यारिलो छैन, अर्कातिर विवादास्पद अर्वपति अजेयराज सुमार्गीसँगको दाहालको सम्बन्धबारे अनेकौं रिपोर्ट मुलधारका सञ्चार माध्यममा प्रकाशित हुँदै आएका छन् । दाहाल खुला राजनीतिमा आउनु अघिसम्म कुनै हैसियत नभएका सुमार्गी दाहाल खुला राजनीतिमा आएपछि एकाएक अर्बपति हुनु, विदेशी बंैकमा रहेको सुमार्गीको अर्बाैं रकम नेपाल भित्र्याउन दाहालले गरेका पहलवारे पनि त्यस्तै सनसनीपूर्ण समाचार आउने गरेका छन् । राजधानीको मुटु मानिने माइतीघर देखि तीनकुनेसम्मका अग्ला अग्ला टावरका मालिक रहेका सुमार्गीलाई दाहालको खुला राजनीतिको करामतसँग जोडेर प्रकाशित भएका रिपोर्टहरु पनि अहिलेको सम्पत्ती विवरणले सम्झना गराएको छ । अनि दाहाल ‘भाडामा’ बस्दै आएको लाजिम्पाटको महल पनि सुमार्गीकै जेठीसासुको नाममा छ ।

f

LEAVE A REPLY