इसाई परम्परा अनुसार विवाह गरे प्रियंका र निकले, हिन्दु परम्परा अनुसार आज विवाह गर्ने

0
41

बलिउड अभिनेता प्रियंका चोपडा आफ्ना प्रेमी निक जोनाससँग इसाइ परम्परा अनुसार विवाहवन्धनमा बाँधिएका छन्।

शनिबार  जोधपुरको उम्मेध भवन दरबारमा उनीहरूले विवाह गरेका हुन्। सो विवाह निकका बाबु पल केभिन जोनास सिनियरले गराएका हुन्। निकका बाबु पल पास्चर हुन्।

शनिबार इसाई परम्परा अनुसार विवाह गरेका प्रियंका र निकले हिन्दु परम्परा अनुसार आज आइतबार पनि विवाह गर्दैछन्।

आइतबारको विवाहपछि उनीहरूले दुईवटा भव्य पार्टी दिदैंछन् जसमध्ये एक पार्टी नयाँ दिल्लीमा हुनेछ भने दोश्रो मुम्बईमा हुनेछ। मुम्बईको पार्टी ४ डिसेम्बरमा हुने जनाइएको छ।

एक उत्तर छोड्न