एनसेल ‘रिचार्ज एण्ड विन’ अफरको नगद पुरस्कार वितरण

0
72

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत तेस्रो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालन हुने अफर हो। तेस्रो हप्ताका विजेताहरु मंगलबार (असोज ९ गते) एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन्।

तेस्रो हप्ताका १० भाग्यशाली विजेतामध्ये आठ जनाले जनही नगद एक लाख पुरस्कार ग्रहण गरेका छन्। यस हप्ताका घोषित कुल १० जना विजेताहरु मध्ये एक जनाको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ भने एक जना विजेता योजनाको शर्त बमोजिम पुरस्कार पाउनका लागि अयोग्य ठहरिएकोले उनको स्थानमा एक नयाँ भाग्यशाली ग्राहकको छनौट अर्को हप्ता गरिने एनसेलले बताएको छ।

एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रम माझ तेस्रो हप्ताका आठ विजयीहरु तिलमाया मानन्धर (स्याङ्जा), माधव भण्डारी (दाङ), मिरा चेपाङ्ग (गोरखा), पासपति चौधरी (नवलपरासी), अमिर सारु (रुपन्देही), पल्टु चौधरी (सुनसरी), डोल कुमारी मगर (रौतहट) र पद्म कुमारी दंगाल (सिन्धुपाल्चोक) लाई जनही एक लाख रुपैयाँका दरले नगद पुरस्कार हस्तान्तरण गरे।

सोही कार्यक्रममा उपाध्यायले पहिलो हप्ताको पुरस्कार ग्रहण गर्न बाँकी मध्येका एक उदयपुरका खिल बहादुर तामाङ्ग र दोस्रो हप्ताको विजयी मध्येका काभ्रेपलाञ्चोककी शान्ति तामाङ्ग र तनहुँका खड्ग बहादुर श्रेष्ठलाई नगद पुरस्कार प्रदान गरे।

यसै हप्ता कम्पनीले पहिलो हप्ताका एक विजेता पर्साका गौतम पौडेललाई पनि उनको भक्तपुर स्थित कार्यलयमा पुगेर नगद पुरस्कार हस्तान्तरण गरेको छ।

बिहीबार नै एनसेलले पहिलो हप्ताका विजेता मध्येका एक सिराहाकी अरुहिलिया देवी साहलाई एनसेल सेन्टर लाहानबाट नगद पुरस्कार प्रदान गरेको छ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ। यस योजनामा साताभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन्।

यो योजना अन्तर्गत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद एक लाख नगद पुरस्कार पाउँछन्। नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ।

ग्राहकले आइतबारदेखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन्।

LEAVE A REPLY