एमालेका समर्थकलाई सप्तरीमा सामाजिक बहिस्कार

0
332

काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेका समर्थकलाई सप्तरीमा सामाजिक बहिस्कार गर्ने निर्णय गरेको छ। मोर्चाको मंगलबार बिहान बसेको बैठकले ६ बुँदे माग सार्दै जिल्लामा एमालेका समर्थकलाई बहिस्कार गर्ने निर्णय गरेको हो।

मोर्चाले सप्तरी गोलीकाण्डमा मृत्यु भएका तीनै जनालाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारका एक जनालाई सरकारी जागिरको व्यवस्था र घाइतेको नि:शुल्क उपचार सरकारले गरिदिनुपर्ने माग गरेको छ।

यसका साथै सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरीका एसपी, डिएसपी र सशस्त्र प्रहरीका एसपीलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेको छ।

एक उत्तर छोड्न