एमाले केन्द्रीय सदस्य प्याकुरेलकी श्रीमती र बुहारीमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार

0
516
नेकपा एमालेले केन्द्रीय सदस्य सुमन प्याकुरेलकी श्रीमती ज्योती प्याकुरेल र बुहारी रक्तिम ज्योती प्याकुरेललाई मधेसी मोर्चाका कार्यकर्ताले दुव्र्यवहारर प्रयास गरेको भन्दै आपत्ति जनाएको छ ।

राजविराजस्थित निजि कामले आफ्नो घरमा गएको बेला हिजो चैत १५ गते मधेसी मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको समूहले घेराबन्दी गर्ने, गालीगलौज गर्ने र दुव्र्यवहारको प्रयास गरेको भन्दै एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाली समाजमा महिलालाई अत्यन्तै सम्मानजनक रुपमा हेरिन्छ । तर मधेसी मोर्चाको जिल्ला संयोजकबाटै महिलामाथि यस्ता खालका दुव्र्यवहार र आक्रमणको प्रयास हुनु आपत्तिजनक र खेदपूर्ण छ’ सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘उहाँहरुलाई सम्भाव्य आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाका लागि हामी धन्यवाद दिन्छौं ।’

एमालेले मधेसी मोर्चाका आपत्तिजनक क्रियाकलापहरु निरन्तर जारी रहेको बताएको छ ।

देशका विभिन्न जिल्लामा नेपाली कांगे्रसलगायत विभिन्न पार्टीका कार्यक्रम बिथोल्ने र आफूसँग असहमत हुने कार्यकर्ताहरु माथि आक्रमण गर्ने काम भइरहेको भन्दै एमालेले यस्ता क्रियाकलापको निन्दा र भत्र्सना गरेको छ । ‘मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढंगले प्रस्तुत हुन ध्यानकाकर्षण गराउँछौं’ एमाले विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY