ओली र देउवाको बालकोटमा डिनर बैठक, प्रचण्ड सशंकित

130
Loading...

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेस नेतृ तथा सांंसद डा. आरजु राणा देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज दिएर परामर्श गरेको आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

गत सोमबार ओलीको बालकोटस्थित निवासमा दिइएको भोजहितको संवाद राजनीतिक दृष्टिले अर्थपूर्ण रहेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डलाई हरतरहले असफल प्रमाणित गर्न सक्रिय ओली र प्रचण्डपछि प्रधानमन्त्री बन्ने प्रतीक्षामा रहेका देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण मान्नुपर्ने विभिन्न कारण रहेको विश्लेषकहरुको भनाई छ ।

बैठकमा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न दिने पक्षमा आफू नरहेको र पाँच महिनाअघि नै देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतलाई उल्लेख गर्दै समाचार लेखिएको छ ।
‘रात्रिभोज बैठक’ ले प्रधानमन्त्री प्रचण्ड भने सशंकित बनेको समाचारमा उल्लेख छ ।

Loading...

LEAVE A REPLY