के हो रातो नम्बरको फोनको वास्तविकता ?

216
Loading...

काठमाडौँ , २१ पुस -केही समययता स्क्रिनमा रातो नम्बरबाट फोन आउँदा उठाए मृत्यु हुने भन्दै गलत सूचना भाइरल भइरहेको छ । विभिन्न स्थानमा रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु भएको भन्दै गलत समाचारसमेत सामाजिक सञ्जालमा पोस्ट भएपछि सिआइबीले अनुसन्धान थालेको आजको नयाँ पत्रिकाले खबर छापेको छ |
के हो वास्तविकता ?

विभिन्न मोबाइल एपहरूबाट आउने फोन नम्बरहरू स्क्रिनमा रातो देखिने प्रहरीले जनाएको छ । सिआइबीमा कार्यरत इन्स्पेक्टर सुरेश थापाका अनुसार ‘कलर फन्ट फर फ्लिप फन्ट ह्याटिक १’ नामक एप्लिकेसन मोबाइलमा इन्स्टल गरी मोबाइल सेटिङमा गएर रातो रङको फन्ट आउने मिलाउन सकिने बताए । त्यसरी सेटिङ गरेको मोबाइलबाट आएको फोन उठाउँदा कुनै असर नपर्ने उनले बताए ।
त्यस्तै ‘फेक कल’ नामक मोबाइल एपबाट पनि स्क्रिनमा रातो नम्बर आउँछ । यस्तो एपबाट निश्चित समयपछि आफैँ फोन आएको देखिने र उठाउँदा ‘सेट’ गरिएको साउन्ड मात्र सुनिन्छ । केही व्यक्तिले यस्तै एपका आधारमा रातो नम्बरको फोन आएको देखाएर त्यसकै स्क्रिन सट लिएर भ्रम फैलाउँदै आएका थिए । यद्यपि, प्रहरीले यस्तो गलत हल्ला सुरु गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । गलत हल्ला फैलाएर सर्वसाधारणलाई आतंकित बनाउने थप व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको सिआइबीका डिआइजी सिलवालले बताए ।

LEAVE A REPLY