खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढ्यो, अरु पेट्रोलियम पदार्थ यथावत

0
323

यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो।निगम व्यवस्थापनको बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो।इन्डियन आयल कर्पोरेशन(आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको हो।यसअघि पनि निगमलार्इ ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा थियो।निगम स्रोतका अनुसार डिजलमा नोक्सानी बढेपनि मूल्य यथावत राखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेपछि निगम गत महिनादेखि नोक्सानीमा गएको थियो।निगमले गत महिना १४ करोड ६२ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ।डिजल र खाना पकाउने ग्यासमा भएको नोक्सानीले निगम नोक्सानीमा गएको हो।अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ५५ डलर पुगेको छ।

एक उत्तर छोड्न