चीनले सोध्यो, ‘भारतको मिसाइल परीक्षण चीनविरुद्ध हो ?’

195
Loading...

बेइजिङ,१३ पुस – भारतले सोमबार अग्नि–५ ब्यालिष्टिक मिसाईल परीक्षण गरेको प्रति चीनले चासो व्यक्त गरेको छ । मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हो चुनिङले यस विषयमा चीनको गम्भिर चासो रहेको बताएकी हुन् ।भारतले चीन तथा युरोपसम्म लक्ष्य राखी आक्रमण गर्न सक्ने क्षमताको मिसाइल प्रक्षेपण गरेको भोलिपल्टै चिनियाँ विदेश मन्त्रालयले चासो व्यक्त गरेको आजको राजधानी दैनिकमा खबर छ ।

‘चीन सधै दक्षिण एसियामा शान्ति र सम्वृद्धिको पक्षमा रहेको छ, हामी यस क्षेत्रको स्थायित्वका लागि काम गर्न चाहन्छौं’, विदेश मन्त्रालयकी प्रवक्ता चुनिङले प्रश्न गरिन्, ‘हामीले समाचारहरु सुनेका छौं के भारतले चीनको विरुद्धमा मिसाइल परीक्षण गरेको हो ? यस विषयमा भारतसँग मिसाइल परीक्षण गर्नुको उनीहरुको उद्देश्य के हो भन्ने सोध्नुपर्छ ।’

उनले चीन र भारतबीच आपसी विवाद नरहेको समेत प्रष्ट पारिन् ।

Loading...

LEAVE A REPLY