‘छक्का पञ्जा’को पाइरेसीमा संलग्न भनिएका युवाद्वारा आत्महत्या

0
614

२९ पुस, काठमाडौं । सुपरहिट नेपाली चलचित्र ‘छक्का पञ्जा’को पाइरेसी (इन्टेरनेट बाट लिक गर्ने कार्य)मा संलग्न भनिएका एक युवाले आत्महत्या गरेको खबर सार्वजनिक भएको छ ।  फिल्म पाइरेसी गरेको अभियोगमा हुने कानूनी कारबाहीको डरले चितवन घर भएका कृष्ण सुवेदी नामका युवाले आत्महत्या गरेको बुझिएको छ । यद्यपी घटनाबारे विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।  ‘छक्का पञ्जा’का निर्माता तथा अभिनेता दीपकराज गिरी निटक स्रोतका अनुसार सुवेदीले आफ्नो गुगल मेलबाट नेपालदेखि अमेरिका फिल्म पठाएका थिए । गिरी र चलचित्र निर्देशक तथा निर्माता दिपाश्री निरौला फिल्म प्रदर्शनकै लागि भनेर अहिले युरोप भ्रमणमा छन् ।  ‘छक्का पञ्जा’ फेसबुकबाट लिक भएपछि निर्माता तथा अभिनेता गिरीले फेसबुकमा स्टाटस लेख्दै यसमा संलग्न केही व्याक्तिहरु प्रहरीको फन्दामा समेत पुगिसकेको जनाएका थिए । प्रहरीले फिल्म लिक भएको समाचार बाहिरिनु पहिलेनै अत्महत्या गरेका भनिएका सुवेदीसहित चार जना युवालाई पक्राउ गरेको थियो । तर, पछि फिल्म निर्माण टिमकै आग्रह अनुसार उनीहरुलाई तारेखमा रिहा गरिएको प्रहरी स्रोतको भनाइ छ ।  प्रहरीको हिरासतबाट रिहा भएपनि पाइरेसीमा संलग्न भनिएका सुवेदी भने तनावमा थिए । मानसिक तनाव खेप्न नसकेर उनले आत्महत्या गरेको हुनसक्ने जनाइएको छ ।

एक उत्तर छोड्न