जिल्लास्तरमा दल दर्ता गर्न राजनीतिक दल उदासीन, कुन जिल्लामा कति दल दर्ता भए ?

0
416

निर्वाचन आयोगले स्थानीय निर्वाचनको व्यवस्थापनका लागि राजनीतिक दललाई हरेक जिल्लामा दल दर्ता गर्न माघ १७ गतेसम्मको अवधि तोके पनि दलले चासो देखाएका छैनन् ।
आयोगको केन्द्रीय कार्यालयमा १११ वटा राजनीतिक दल दर्ता भए पनि जिल्लामा भने उदयपुरमा सबभन्दा बढी १६ दल र सबभन्दा कम ११ जिल्लामा दुई/दुई दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । जिल्लामा दल दर्ताको समय सोमबार सकिँदैछ, आजको गोरखापत्रमा खबर छ ।

आयोगको केन्द्रीय कार्यालय शान्तिपथ काठमाडौँबाट प्राप्त जानकारी माघ १३ गतेसम्म ७५ वटै जिल्लामा दल दर्ताका लागि फाराम लगिए पनि दल दर्ता गर्न आउने दलको सङ्ख्या भने निकै न्यून देखिएको छ । कतिपय जिल्लामा दल दर्ता भए पनि केन्द्रमा त्यसको पूर्ण विवरण आउन बाँकी रहँदा काठमाडौँ जिल्लामा नौ, भक्तपुरमा चार र ललितपुरमा १२ वटा राजनीतिक दल मात्रै भएका छन् ।
यसैगरी पाँचथर, सप्तरी, धादिङ, चितवन, मकवानपुर, मुस्ताङ, पर्वत, पाल्पा, सुर्खेत, बाजुरा, बझाङ, डोटी, प्यूठान जिल्लामा दुई–दुईवटा दल मात्रै दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै यी जिल्लामा त कतिपय राष्ट्रिय राजनीतिमा महìवपूर्ण स्थान राख्दैआएका दलले पनि आफ्नो दल दर्ता गराउन बाँकी रहेको पाइएको छ ।
यस्तै सिरहा, रसुवा, सिन्धुपाल्चोक, लमजुङ, मनाङ, बाग्लुङ, अछाममा तीन–तीनवटा दल दर्ता भएका छन् भने ताप्लेजुङ, इलाम, ओखलढुङ्गा, सर्लाही, रौतहट, रामेछाप, नुवाकोट, भक्तपुर, तनहुँ, कास्की, सल्यान, डोल्पा, दैलेखमा चार–चारवटा दल मात्रै दर्ता भएका छन् ।
माघ १३ गतेसम्मको तथ्याङ्कमा तराई–मधेसमा क्रियाशील दल मधेसका अधिकांश जिल्लामा कमै मात्रामा दर्ता भएका छन् भने संसद्का तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले पनि धेरै जिल्लामा आफ्नो दल दर्ता गराएका छैनन् । दुर्गम जिल्ला कालिकोटमा भने १२ वटा राजनीतिक दल दर्ता भइसकेका छन् ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार धेरै राजनीतिक दल भएका र सबै जिल्लामा कति राजनीतिक दलको उपस्थिति छ भन्ने निर्वाचन व्यवस्थापनका लागि आयोगलाई चासोको विषय रहेकाले दर्ताका लागि आग्रह गरिएको हो ।

आयोगले ७५ वटै जिल्लामा दलको उपस्थिति थाहा पाउन पुस २४ गतेको बैठकको निर्णय अनुसार आगामी स्थानीय निर्वाचनको व्यवस्थापनका लागि राजनीतिक दलको जिल्लागत विवरण अद्यावधिक गर्न आह्वान गरेको थियो । आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आफू क्रियाशील रहेका जिल्लाका जिल्ला स्तरीय समितिमार्फत २०७३ साल माघ १७ गतेसम्ममा सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन समय दिएको छ ।

LEAVE A REPLY