ट्रान्सफर्मर घोटालामा प्राधिकरणका तत्कालीन दुई प्रमुखसहित २५ जना दोषी

0
380

काठमाडौं : विशेष अदालतले नेपाल विद्युत प्राधिकरणको ‘बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड’ मा प्राधिकरणका तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारीलाई दोषी ठहर्‍याएको छ। यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जना पनि दोषी ठहर भएका छन्। विशेषले दोषी देखिएकाहरुबाट ४६ करोड ३० लाख रुपैयाँभन्दा बढी जरिवाना असुल्न भनेको छ।  भारत, चीन र थाइल्याण्डबाट ल्याइएका ट्रान्सफर्मर धमाधम पड्किन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो। अनुसन्धानमा कम गुणस्तरका ट्रान्सफर्मर ल्याएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले सम्बन्धित निकायका अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको थियो।  अख्तियारले करिब दुई वर्ष लगाएर गरेको अनुसन्धानमा तत्कालीन कार्यकारी निर्देशकद्वय रामेश्वर यादव र जिवेन्द्र झाको प्रत्यक्ष संलग्नतामा कमसल ट्रान्सफर्मर खरिद भएको पाइएको थियो। ट्रान्सफर्मर खरिदमा अनियमितता गरेको पाइएपछि अख्तियारले प्राधिकरणका कर्मचारी र सप्लायर्स कम्पनीका ६० जनाविरुद्ध २०७० भदौ ९ र २८ गते चार थान मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो।

एक उत्तर छोड्न