तन्नेरी पुस्ताको फेसनः कतै सर्वाङ्ग कालो, कतै ‘ब्रा लेस’

514
Loading...

२५ पुस, काठमाडौं ।  निख्खर कालो लिपस्टिक, बाक्लो गाजल, कालै नेल पोलिस । त्यति मात्र होइन, लुगा र जुत्ता पनि कालै । कतिपय तन्नेरीलाई हिजोआज यस्तै गेटअपमा देखिन्छ ।

हेर्दा विचित्र र रहस्यमयी देखिने यो फेसन शैली नेपाली समाजमा पनि प्रवेश गरिसकेेको छ । फेसनविज्ञहरुले यसलाई मध्ययुगीन फेसनको पुनरावृत्ति भनेका छन् । उनीहरुको भाषामा यो’गोथेक फेसन’ हो ।

यस्तै फेसनको पारखी हुन्, झरना गुरुङ । उनको गेटअप यति रहस्यमयी हुन्छ, जो कोही दोहोर्‍याएर हेर्ने गर्छन् । ‘यो मेरो सौख हो’ झरना भन्छिन्, ‘मलाई सधैं अरुभन्दा फरक देखिन मन लाग्छ ।’

मनोविज्ञ करुणा कुँवरका अनुसार, फेसन भनेको आफूलाई अभिव्यक्त गर्ने कला पनि हो ।’पहिरनको माध्यमबाट अरुको ध्यान आफूतिर तान्ने सूक्ष्म मनोविज्ञान सबैमा हुन्छ’, कुँवर भन्छिन्, ‘यसलाई कसैले खुलेर व्याक्त गर्छन्, कसैले गर्दैनन् ।’

काठमाडौंमा मेटल संगीत सुन्न यस्ता तन्नेरीहरुको जमात देखिने डिजे शिशिर बताउँछन् ।’मेटल संगीतका फ्यानहरुको फेसन विचित्रको हुन्छ’ शिशिर भन्छन्, ‘पङ्की हेयर स्टाइल र एकदमै कालो पहिरन ।’ कतिपयको गेटअप एकदमै रहस्यमयी हुने उनले बताए ।

अक्सर गोथेक फेसन अँगाल्नेहरु भिन्न प्रवृत्तिका हुन्छन् । उनीहरुले बोक्ने झोला होस् वा माला, त्यो कालै रङको हुनुपर्छ । कतिको पहिरनमा मानव कंकालको आकृति हुन्छ भने कतिमा खप्पर । मध्ययुगीन फेसनको यस्तो शैली खासगरी ‘भूतमा विश्वास गर्नेहरु’ ले रुचाउने तर्क पनि गरिन्छ ।

पश्चिमी मुलुकका १०-२५ प्रतिशत महिलाले ब्रा लगाउँदैनन् । साथै ७५ देखि ८५ प्रतिशत महिलाले अनुपयुक्त आकारको ब्रा लगाउने गर्छन् ।

यस्ता फेसन गर्नेहरु अलि मुडी स्वभावको हुने आयुशराज तुलाधरले बताए । ‘गोथेक फेसन गर्नेहरु केही साथीहरु छन्’ भर्चुअल गेम आयोजना गराउँदै आएका उनी भन्छन्, ‘उनीहरुको पहिरन जस्तै व्यवहार पनि फरक खाले हुन्छ ।’ अहिले शहरमा यस्ता फेसन शैली अपनाउनेहरुको छुट्टै जमात तयार भएको उनले वताए ।

फेसनेवल अहिलेका पुस्ता पहिरनमा पनि नयाँ-नयाँ प्रयोग गर्न रुचाउँछन् । कोही गोथेक फेसनमा सजिएका छन्, कोही पङ्की स्टाइलमा । यही पुस्ताको मनोवृत्ति अनुसार फेसनमा थरीथरीका रङ चढ्ने गर्छ । फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियालाई यस्तै लाग्छ ।

‘खासमा फेसन भनेको समय र मौसम सुहाउँदो हुनुपर्छ’ भुटिया भन्छन्, ‘तर, कतिपयले आफ्नो मर्जी अनुसार स्वतन्त्र ढंगले फेसन अँगालिरहेका छन् ।’ यस्ता फेसन गर्नेहरु मौसम र भूगोलको दायरालाई नाघ्ने उनको भनाइ छ ।

फेसन फ्याक्ट

– विश्वको मुख्य चार फेसन शहरको रुपमा न्युयोर्क, लन्डन, मिलान र पेरिस प्रख्यात छन् ।

-पश्चिमी मुलुकका १०-२५ प्रतिशत महिलाले ब्रा लगाउँदैनन् । साथै ७५ देखि ८५ प्रतिशत महिलाले अनुपयुक्त आकारको ब्रा लगाउने गर्छन् ।

– फेसन उद्योगबाट बर्सेनि औसत २० मिलियन डलर राजश्व संकलन हुने गरेको छ ।

– दोस्रो विश्वयुद्व अघिसम्म महिलाको लागि सर्ट पहिरिनु स्वीकार्य थिएन ।

– सबैभन्दा पहिला फेसन पत्रिका सन् १५८६ मा जर्मनीमा प्रकाशित भएको थियो ।

– सबैभन्दा बढी प्रचलित चार कपडामा लिनन, कपास, पोलिएस्टर र रेयन हुन् ।

punkk5-1

के हो फेसन

– आफूलाई व्यक्त गर्ने एक सुखद र अनौठो माध्यम हो, फेसन । यसले आफ्नो व्यक्तित्व प्रकट गर्न मद्दत गर्छ ।

– फेसन आन्तरिक अभिव्यक्ति पनि हो । हामी सबै आफूलाई राम्रो देखाउन चाहन्छौं र फेसन यसैको सजिलो माध्यम हो ।

– सही परिहनको छनोटले तपाईंको व्यक्तित्वमा निखार ल्याउन सक्छ ।

फेसनको सुरुवात

फ्रान्सका राजा लुइस तेह्रौंले आफ्नो खुइलिएको टाउको छोप्न नक्कली कपाल लगाएका थिए । त्यसको केही समय बित्न नपाई युरोपका कुलीन वर्गले आफ्नो टाउको मुडुलो पारेर नक्कली कपाल लगाउन थाले । यो शैली एक शताब्दीभन्दा लामो समयसम्म रह्यो ।

१९ औं  शताब्दीमा महिला सम्बन्धी पत्रिकाले फेसनलाई थप व्यापक बनायो । त्यसपछि चलचित्र तथा टेलिभिजनको प्रभावले फेसनको नयाँ-नयाँ अभ्यास भए । लोकप्रिय व्यक्तिहरुले विचित्रका फेसन शैलीहरु अँगाल्न थाले, जसलाई युवाहरुले चाँडै अनुसरण गरे ।

पहिरनको इतिहास

मानव सभ्यताको सुरुवातसँगै पहिरनमा अभ्यस्त हुन थालेको पाइन्छ । प्रारम्भिक चरणमा मानिसले रुखको बोक्रा, पात र जनवारको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । आफ्नो आवरण राम्रो देखाउने मनोविज्ञानले नभई चिसो, तातो, झरी आदिबाट ज्यान जोगाउन यसो गरिएको अनुमान गरिन्छ ।

पुरातन मिश्रमा स्थानीय प्रविधिबाट उत्पादित पारदर्शी कपडा धेरैले रुचाएका थिए । गर्मी मौसमको लागि यो धेरै उपयोगी मानिन्थ्यो । रंग्याउन नमिल्ने सेतो सुती कपडालाई त्यसको रुपरेखा राम्रो होस् भनेर मुजामुजा बनाइन्थ्यो । यसरी सबैभन्दा पहिलो फेसन शैलीको जन्म भएको उल्लेख छ ।

पहिलो शताब्दीतिर नयाँ कपडा र रङ उपलब्ध भइसकेको थियो । यद्यपि ती कपडा असाध्यै महँगा हुन्थे, जो कुलीन वर्गले मात्र लगाउन सक्थे । निकै महँगो रेसम कपडा धनाढ्य रोमीहरुले लगाउँथे ।

tongue-splitting-jharana-gurung-first-nepali-girl-0

टायरको रंगीन ऊन पनि महँगो फेसनेवल पहिरनमा दरिएको थियो । यसको मूल्य यति महँगो थियो, त्यसको मूल्य चुकाउन एक जना साधरण कामदारले ६ वर्ष लगातार काम गर्नुपर्ने हुन्थ्यो । १९औं शताब्दीको क्रममा धनी र गरिब सबैको लागि लुगा उत्पादन गर्ने कारखानाहरु खुले ।

सुती उत्पादन गर्ने मेसिन तथा ऊनका मिलहरु खुले । यससँगै कृत्रिम रङहरुको उपलब्धताले कपडाको मूल्य घटाइदियो । सन् १८५० को दशकमा डिपार्टमेन्टल स्टोरहरुले तयारी कपडाहरु बिक्री गर्न थाले । १९औं शताब्दीमा चाल्र्स प|mेडरिक वर्थले फेसन शोको सिलसिला सुरु गरे । २०औं शताब्दीमा रेयन, नाइलन र पोलिस्टार जस्ता नयाँ कृत्रिम रेसाहरुले गर्दा थरीथरीका कपडा बन्न थाले ।

नेपालमा गार्मेन्ट भित्राएको फेसन

नेपालमा सन् १९८० को दशकमा गार्मेन्ट उद्योग भित्रिएको पाइन्छ । ८० को दशकदेखि सन् २००२ सम्मको कालखण्डलाई गार्मेन्ट व्यवसायको स्वणिर्म युग मानिन्छ ।

त्यस अवधिमा औपचारिक रुपमा १५ सयभन्दा धेरै उद्योग दर्ता भएका थिए । नेपालबाट निर्यात हुने वस्तुमा तयारी पोशाकजन्य वस्तु दोस्रो स्थानमा छ ।

 

Loading...

LEAVE A REPLY