तपश्वी मदनमणि दीक्षितसँग

0
829

 

 नेपालका एक सशक्त लेखक, उपन्यासकार, हिन्दुधर्म संस्कृतिका परिशिलनकर्ता एवं अनुसन्धानकर्ता आदरणीय ब्यक्तित्व श्री मदनमणि दीक्षितज्यूसंग विभिन्न समयमा भएको भेटघाटलाई सस्मरणको रुपमा यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।

मदनमणि दीक्षितज्यूसँग भेटने अवसर मेरो नियात्रा कृति ‘तिब्बत यात्रा’ले जुराएको हो । रचना द्वैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक श्री रोचक धिमिरेले ‘रचना पत्रिकामा प्रकाशित भएको तपाईको ‘तिब्बत यात्रा’ बारे ठाकुर शर्मा भण्डारीले लेखेको पुस्तक परिचय श्रीमदनमणि दीक्षितज्यूले पढनु भएछ । दीक्षितले ठाकुर शर्मालाई फोन गरेर पुस्तक कसरी पाईन्छ भन्ने बारे जानकारी लिनु भएछ । ठाकुर शर्माले दीक्षितज्यूको पुस्तक बारेको जिज्ञासा रोचक घिमिरेलाई फोन गरेर दिनुभयो । त्यसको आधारमा त्यो पुस्तक पढन मन लाग्यो ‘रे । एक प्रति पुस्तक वहाँको निवास कालिकास्थानमा पु¥याईदिनु’ भनि रोचक घिमिरेले मलाई भन्नु भयो र फोन सम्पर्क, ढोका खोल्ने तरिका समेत बताईदिनु भयो । सोहि आधारमा मैले मेरो पुस्तक ‘तिब्बत यात्रा’ र ‘रचना’ पत्रिकाका केहि अंक लिएर वि.सं. २०७३ जेठ ६ गते बिहान मदनमणि दीक्षितज्यूको घर कालिकास्थामा पुगेँ ।
म टेवलको अगाडि वहाँको सम्मुख बसेँ । वहाँले– ‘म ९४ को वर्षको भएँ । देब्रेका कान अलि कमजोर छ , सुन्दिन । यता बस्नुहोस’ भनेर वहाँको दाहिने भागमा बस्न आग्रह गर्नु भयो । मैले रचना र मेरो तिब्बत यात्रा पुस्तकको दोस्रो संस्करण वहाँको अगाडि राखिदिएँ ।
साहित्यकार तथा कवि ठाकुर शर्मा भण्डारीले तिब्बत यात्रा पुस्तकको रचना पत्रिकामा गरेको चर्चा पढेको आधारमा माधवी उपन्यासका लेखक दीक्षितले ‘म मानसरोवर पुगेको छैन । पैतिस देश बेलायत बाहेक पुगेँ । नेपाल जस्तो सुन्दर अरु लागेन’ भन्नु भयो । त्यसैबेला मलाई ‘तपाईले तपाईको पुस्तकमा सगरमाथालाई ठाउँ–ठाउँमा चोमोलोङ््मा भनि उल्लेख गर्नु भएछ । नेपाली भाषामा सगरमाथानै लेख्नुपर्छ’ भनेर सुझाब दिनुभयो ।
वहाँको सुझाबको कदर गर्दै मैले ‘तिब्बतमा सगरमाथालाई चोमोलोङमा भन्छन’ भन्ने सन्दर्भ बाहेक अन्यत्र सगरमाथानै भनि उल्लेख गरेको छु’ भनि त्यसबारे प्रष्ट पारेँ ।
वहाँले सन्् १९३६मा जुद्ध शमशेर राणाले ‘माउन्ट एभरेष्ट’ को नाम नेपालीमा के हो ? त्यो त अंग्रेजी नाम भयो’ भनेर सोधेको प्रसङ््ग बारे स्मरण गर्दै बाबुराम आचार्यले सगरमाथाको नामाकरण गर्नु भयो, तर सगरमाथा किन भनेको भन्ने बारे विस्तृत वर्णन आएन र लेखिएन पनि’ ।
सगरमाथा हिमालको ऐतिहासिक प्रसङ््ग केलाउदै भन्नु भयो । ‘मत्स्य पुराणमा सगरमाथाको नाम आउछ । घटना के भने मनुले पोखरीको किनारमा बसेर पूजा गर्थे । त्यसबेला १२ वर्ष अविरल वर्षा भयो । नदीहरु बने । नदीका सहायक नदी पनि बने । घनघोर पानीको कारणले सबै जलमग्न भयो र मनु बीचमा परे । त्यसबखत एउटा माछाले मनुलाई ‘अब प्रलय हुन्छ । संसार डुब्छ तर म तिमीलाई बचाउछुँ’ भन्यो । माछाले मनु सहित ६ जनालाई म बचाउछु भनेर टाउकोमा रहेको सिङमा नाउलाई बाधेर पर्वतको सबैभन्दा अग्लो चुचुरोमा पु¥याएर सुरक्षित ग¥यो । माछाले मनुलाई प्रलयबाट बचाउन पु¥याएको संसारको अग्लो चुचुरो त्यो अहिलेको नेपालको सगरमाथा हो ।’ त्यसबारेमा केहि समय पहिले कान्तिपुर दैनिकमा लेख लेखेको प्रसङ्ग पनि वहाँले उल्लेख गर्नु भयो ।
मिठो मुस्कान, नरम स्वर, सुमधुर मिठो बोली, मधुर आवाज, प्रष्ट शब्द, भद्र एवँ शिष्ट ब्यवहार । अहो ! म कस्तो भाग्यवान हँ ? वहाँको दायाँ काख नजिक बसेर दिव्यवाणी सुन्न पाउदा मैले आफूले आफैलाई धेरै भाग्यमानी भएको अनुभूत गरेँ । त्यसबेला म र मेरो ह्रदय खुलेर हास्यो । त्यसैबेला वहाँको घरको झ्यालबाट देखिएको कालीकास्थानको मन्दिरसँगै रहेको ठूलो वृक्षतिर मेरो दृष्टि पुग्यो । त्यो वृक्षले आफ््नो फेँदमा रहेको कालीकास्थानकोे मन्दिरलाई अँगालोमा बाँधेर संरक्षकत्व प्रदान गरिरहेको छ । वैदिक साहित्यका ज्ञाता दीक्षितज्यूको नजिक बसिरहेको बेला मैले पनि विशाल बृक्षको रुखमुनि बस्दा जे जस्तो आनन्द र अभिभावकत्वको मानिसलाई अनुभव हुन्छ त्यस्तै अनुभव मैले गरेँ । जसरी एउटा मानिस उकालो चढेर देउरालीमा पुग्दा त्यहाँ चलेको शितल हवाबाट आनन्द लिदै खुशि हुन्छ त्यसबेला मैले पनि त्यस्तै आनन्दको अनुभव मेर ह्रदयमा सञ्चार भएको पाएँ । ठूलो मन्दिरको प्राङ्गण भनौँ वा हजारौँ वर्ष पुरानो डोल्पाको शे–गुम्बा भित्र एकान्तमा बस्दा आउने आनन्द भनौँ वा त्यस्ता स्थानमा पुग्दा वा त्यहाँ पुगेर बस्दा मानव आत्माले जुन सुख र आनन्दको अनुभव गर्छ, हो ठीक त्यस्तै आनन्द मैले मदनमणि दीक्षितको नजिक बस्दा पाएँ । त्यस्तै अनुभव मैले गरेँ ।
म वाश्तवमा तृप्त भएँ । मैले वाश्तवमा आर्शिवाद पाएको अनुभूत गरेँ । त्यो आनन्द र आनन्दविभोर भएको क्षणलाई म सम्झिरहन चाहन्छु । पहिलो भेटमा मेरो पुस्तक ‘तिब्बत यात्रा’ बारे सामान्य कुराकानी गरे पछि फेरि भेटने बाचा गर्दै वहाँसँग बिदा भएँ । त्यो दिनभर म खुशिले आल्हादित भएको अनुभव गरिनैरहेँ ।

 

विष्णुप्रसाद शर्मा पराजुली

bishnu.nmdc@gmail.com

फोनः 9841377083

LEAVE A REPLY