दक्षिण एशियाली ब्याडमिन्टनको उपाधि भारतलाई

0
61

काठमाडौं, १४ (ओएनएस) : दोस्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को उपाधि भारतले हात पारेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो।  नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग-यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग-यो ।

बेष्ट अफ फाइभको खेलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२ र २१–१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीले लय समात्न सकेनन् । महिला एकलमा नेपालकी रशीला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८ र २१–५ ले पराजित भइन् ।

यस्तै पुरुष जोडीमा नवीन र प्रिन्स दाहालको जोडीले भारतका विष्णुबर्दन गाउड पञ्जला र ध्रुव रावतको जोडीलाई २१–१५ र २१–१७ अङ्कको जित सुम्पे । अर्को खेलमा महिला जोडीतर्फ नेपालका जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टोसँग २१–५ र २१–५ ले पराजित हुँदै ३–१ को हार बेहोर्यो । नेपाल अघिल्लो संस्करमा पनि दोस्रो स्थानमा रहेको थियो ।

नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको उक्त प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्काले तेस्रो स्थान प्राप्त गरें ।

एक उत्तर छोड्न