दसैँमा सस्तो बजार

0
128

बाँके । नेपाली उपभोक्तालाई नेपाली बजारप्रति आकर्षित गर्न तथा भारतीय बजार रुपैडिहाभन्दा सस्तो दररेटमा वस्तु पाइन्छ भन्ने चेतना गराउने उद्देश्यका साथ बाँकेका व्यवसायीहरूले जागरण अभियानअन्तर्गत दसैँ सस्तो बजार सञ्चालन गर्ने भएका छन् ।

नेपाली बजारमा वस्तुको मूल्य सस्तो हुँदाहुँदै भारतीय बजार जाने उपभोक्ताहरूका लागि यहाँका व्यवसायीहरूले जागरण अभियानअन्तर्गत दसैँ सस्तो बजार सञ्चालन गर्ने भएका छन् ।

२४ देखि ३० असोजसम्म बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जमिनमा दसैँ सस्तो बजार सञ्चालन हुने आयोजक नेपालगञ्ज वितरण संघका कोषाध्यक्ष उपकार टण्डनले जानकारी दिए ।

टण्डनका अनुसार दसैँ सस्तो बजारमा उपभोक्ताले यहाँ उत्पादित वस्तुहरू १० देखि २० प्रतिशतसम्म छुटमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । दसैँ सस्तो बजारमा कम्प्युटर बिलिङको व्यवस्था गरिने भएको छ ।

दसैँ सस्तो बजार सञ्चालनका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपालगञ्ज उमपहानगरपालिका, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ, मदिरा व्यवसायी संघले सहयोग गरिरहेको नेपाल वितरक संघका केन्द्रीय उपाध्यक्ष ललितकुमार रौनियारले जानकारी दिए ।

कतिपय नेपाली उत्पादनको मूल्य सस्तो र गुणस्तरीय भए पनि जानकारीको अभावमा भारतीय सीमावर्ती क्षेत्रमा खरिद गर्न जाने उपभोक्ताहरूलाई वस्तुको मूल्य र गुणस्तरबारे थाहा दिने र नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वमहासचिव विष्णु लामिछानेले बताए ।

एक उत्तर छोड्न