दैनिक १० ट्रक केरा खान्छन् जनकपुरबासी

0
165

जनकपुरधाममा केराको ब्यापार अहिले निकै फष्टाएको छ । प्रत्येक दिन १० ट्रकभन्दा बढी खपत भइरहेको फलफूल व्यवसायीहरु बताउँछन ।
आँपको समय सकिएपछि फलफूल व्यवयाय कमजोर भएको थियो तर केरा आएसंगै जनकपुर बजारमा चहलपहल बढेको छ ।

फलफूल व्यवसायी भोलाप्रसाद मेहताले असोजदेखि कातिक महिनासम्म फलफूलमा केरानै बढी विक्री हुने गरेको बताउछन् ।

‘सस्तो भएकाले प्रायले एक घरी किन्ने गर्छन ।’ एक स्थानिय व्यापारीले बताए । उपभोक्ताहरुका अनुसार केला खान स्वदिष्ट हुनुको साथै सस्तोपनि भएकाले आँप जस्तै यसको पनि माँग बढी हुने गरेको छ । राष्ट्रिय जनता पार्टीका महासचिव राजीब झाले घरमा सबैले केरा मन पराउने भएकाले गोदाममै गएर केला किन्ने गरेको बताए ।

जनकपुरमा बिक्री भइरहेका अधिकांश केला भारतबाट ल्याइएको जनकपुर फल फुल व्यवसायीहरु बताउँछन । तर भन्सारका समस्याका कारण घाटा भइरहेको फलफूल व्यवसायी विजय शिवहरेले बताए । अनावश्यक रुपले भन्सारले समस्या गर्दा पनि कसैले नसुनेको उनको गुनासो रहेको छ ।

गत बर्षको तुलनामा यसपाली केराको बिक्री अत्यधिक रहेको ब्यवसायीहरुले स्वीकार गरेका छन । जनकपुरको मुल बजारमा मात्र नभए र हरेक चोक चोकमा केराको बिक्री केन्द्र स्थापना गरिएको छ । खुद्रा बिक्रेताहरु भन्छन सडकमै घूमेर पनि सजिलै रुपमा ४–५ सय रुपैया कमाइरहेको छु ।

एक उत्तर छोड्न