नक्कली लाइसेन्स लिने बढे

111
Loading...

बनेपा । नक्कली सवारी चालक अनुमतिपत्र बनाई सवारीसाधन सञ्चालन गरेको आरोपमा पक्राउ पर्नेको संख्या काभ्रेपलाञ्चोकमा बढ्दै गएको छ । नक्कली सवारी चालक अनुमतिपत्र बनाएर सवारीसाधन सञ्चालन गरेको आरोपमा जिल्लाको च्याम्रेङवेँसी गाविस– ५ का २२ वर्षीय सूर्य स्याङतानलाई प्रहरीले बिहीबार पक्राउ गरेका छन् । स्याङतानलाई पक्राउ गरेपछि नक्कली सवारी चालक अनुमतिपत्र बनाई सवारीसाधन सञ्चालन गर्नेको सङख्या काभ्रेपलाञ्चोकमा ३२ पुगेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनका अनुसार स्याङतानको नाममा रहेका ०६३७०९८० नम्बरको सवारी चालक अनुमति पत्र शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा किर्ते सवारी चालक अनुमतिपत्र फेला परेको हो । उनलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । पक्राउ परेकामध्ये आर्थिक वर्ष ०७२÷७३ मा २३ र चालु आर्थिक वर्षमा नौजना रहेका छन् । तीमध्ये चारजना विचौलिया, तीनजना नक्कली परमिट लिएका र २४ जना नक्कली सवारी चालक अनुमतिपत्र लिएका छन् । यसैबीच ढुङ्गा गिट्टी लिएर पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेका टिपरले नियम विपरित सडकमा पानी चुहाउँदै गरेको आरोपमा १२ जनालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । उनीहरुसँग प्रहरीले सवारी चालक अनुमतिपत्र माग गरेपछि हुलहुज्जत गरी अपशब्द प्रयोग गरेको कारण सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको हो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय, धुलिखेलको हिरासतमा राखिएको छ । पक्राउ परेका अधिकांश काभ्रेपलाञ्चोकका छन् भने ललितपुर, धादिङ र नुवाकोट जिल्लाका पनि केहि छन् ।

Loading...

LEAVE A REPLY