निरन्तरको बन्दले जनता आजित भएपछि निरन्तर बन्द रहेको प्यूठानमा पनि बन्द फिर्ता लिइयो

0
446

प्यूठान बन्दको चाँैथो दिन आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र विजुवारमा विशाल विरोधसभाको आयोजना गरिएको छ । सभामा वक्ताहरुले अखण्ड पाँच नम्बर प्रदेशको माग दोहो¥याउदै संशोधन मार्फत सरकारले अघि सारेको पुर्नसंरचना कुनै पनि हालतमा नस्वीकार्ने प्रतिबद्धता जाहेर गरेका थिए । यद्धपि बन्द भने आजदेखि फिर्ता लिइएको छ ।

सभामा नेपाली काँग्रेसका प्यूठान सभापति अमर भण्डारी र एमाले प्यूठान अध्यक्ष तुलसीराम शर्माले पाँच नम्बर प्रदेशमा सत्तारुढ दलहरुले गरेको गल्ती सुधार्नु पर्ने बताउनु भयो । उहाँहरुले पाँच नम्बर प्रदेशको बारेमा गरिएको गल्ती नसच्याएसम्म आन्दोलन स्वरुप परिवर्तन हुने तर नरोकिने चेतावनी दिनुभयो ।
यता निरन्तरको बन्दले प्यूठानका सम्पूर्ण विद्यालय, उद्योग कलकारखाना तथा पूर्ण रुपमा ठप्प बनेपछि आज साँझबाट वन्दको कार्यक्रम फिर्ता लिइएको छ । वन्दका कारण सयौं सर्वसाधारणहरु बाग्दुला तथा जुम्री लगायतका स्थानमा अलपत्र परेका थिए । एम्वुलेन्स र प्रेसका सवारी साधन वाहेक अरु सवारी साधन नचल्दा स्थानीयलाई आवज जवातमा समस्या भएको थियो ।

एक उत्तर छोड्न