नेपालका पश्चिमी सिमा नाकाहरु ४८ घन्टाका लागि बन्द

0
413

भारतको उत्तराखण्ड र उत्तरप्रदेशका केही क्षेत्रमा हुने विधानसभाको चुनावका कारण नेपालका पश्चिमी सिमा नाका आज बन्द गरिएको छ

सिमानाका बन्द भएपछि आवत–जावत ठप्प भएका पश्चिमी सिमावर्ती क्षेत्र सुनसान भएका छन् ।

कञ्चनपुरसँगै भारतको उत्तराखण्ड राज्यको सिमा क्षेत्रमा पर्ने पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका सिमा नाकासमेत शील गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतीय पक्षबाट कञ्चनपुरमा पर्ने पश्चिमी सिमा नाका गड्डाचौकी, दोधारा-चाँदनी, ब्रह्मदेव तथा जिल्लाको दक्षिणी सिमानाका बेलौरी, त्रिभुवनबस्ती, बेल्डाडी लगायत अन्य खुला सिमामा आगामी ४८ घण्टाका लागी शिल गरिएको छ ।

चुनावका बेला सिमा क्षेत्रबाट घुसपैठ नहोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सिमाहरु सिल गरिएको हो ।

शील गरिएका सवै सिमा नाका फागुन ४ गते साँझ ५ बजेदेखि खोलिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन ।

 

LEAVE A REPLY