नेपालमा ८ रेक्टर स्केलको भूकम्प जान्छ : बेलायती पत्रिका, ठोकुवा गर्न सकिँदैन : नेपाली भूगर्भविद्

374
Loading...

‘नेपालमा भूकम्प जाने सम्भावना जहिल्यै छ । नेपालमा मात्रै होइन, अफगानस्तानदेखि पश्चिम बर्मासम्म जुनसुकै बेला भूकम्प जानसक्छ । नेपालमा यत्रो–उत्रो जान्छ र कहिले जान्छ भनेर भने भन्न सकिँदैन,’ उनले भने, ‘त्यसैले सर्वसाधारणले आत्तिनुपर्दैन तर सचेत भने बन्नुपर्छ । गोरखादेखि दोलखासम्मको एरियामा ठूलो भुइँचालो जाने सम्भावना कम छ तर अन्य क्षेत्रमा भने भूकम्प जाने सम्भावना रहन्छ नै ।’

कोइरालाका अनुसार बर्मादेखि अफगानिस्तानसम्म २५ सय किलोमिटर भूभागमध्ये ८०० किमि क्षेत्रमा नेपाल पर्छ र त्यसैले ठूलो भूकम्प गइहाल्यो भने क्षतिको एक तिहाई नेपालमा पर्ने सम्भावना रहन्छ ‘किनकि उक्त २५ सय किमि भूभागमा जमिनलाई अँठ्याइरहेका इन्डियन प्लेट र युरेसियन प्लेट छ,’ उनले बताए, ‘तर यिनीहरू एक आपसमा मिलेका छैनन् । यिनीहरू जुधेमा भूकम्प जाने हो । त्यो सम्भावना जहिल्यै छ ।’

‘नेभादा विश्वविद्यालय, अमेरिकाका भूगर्भशास्त्रका प्रोफेसर प्रोफेसर स्टिभ लगायतले नेपाल आएर गरेको अध्ययन’को हवाला दिँदै दुई दिनअघि बेलायती पत्रिकाको डेली मेलको अनलाइन संस्करणले काठमाडौं तथा नेपालको हिमालय क्षेत्रमा गत वर्षको भन्दा शक्तिशाली (८ रेक्टरभन्दा बढी)आउन सक्ने सम्भावनाबारे औंल्याएको थियो ।

Loading...

LEAVE A REPLY