नेपाल फेरि लम्पसार पर्दैन, नेपालीले लम्पसारवादलाई घृणा गर्छन् : ओली

90
Loading...

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रिय हितमा लिएको अडान नछोड्ने दावी गरेका छन्। प्रतिपक्षी दलहरुले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोध कार्यक्रममा उनले नेपालीले घुँडा टेक्न नजानेको भन्दै राष्ट्रिय हितको पक्षमा लिएको अडान नछाड्ने दोहोर्‍याएका हुन्। ‘हाम्रा पुर्खाले दु:ख अप्ठेरो झेल्न सिकाए लम्पसार पर्न सिकाएनन्। घुँडा टेक्न सिकाएनन्’ उनले भने ‘नेपाल फेरि लम्पसार पर्दैन। नेपाली जनताले लम्पसारवादलाई घृणा गर्छन्।’ उनले संसदमा राष्ट्रघाती प्रस्ताव छलफल हुन नदिने बताए।  अध्यक्ष ओलीले अब एमालेले तराई अभियान सुरु गर्ने बताएका छन्। एमालेलाई मधेस विरोधी देखाउन खोजिएको भन्दै उनले फागुन दोश्रो हप्तादेखि मेची महाकाली तराई अभियान सञ्चालन गर्ने घोषणा गरे। उनले मधेस केन्द्रित दललाई तराईको जनताको प्रतिनिधित्व नगर्ने र तराईका जनताको शोषण गर्ने तत्वको संज्ञा दिए। तराईको जनताको प्रतिनिधित्व नगर्ने र तराईको जनतालाई शोषण गर्ने तत्वहरु एमालेलाई तराईबाट लखेट्ने भन्नुहुन्छ’ ओलीले भने ‘उहाँहरुले ११ सिट एमालेले जित्नुभएको छ एमालेले ४० सिट जितेको छ।’ एमालेलाई तराईका धेरै वासिन्दाले साथ दिने भन्दै उनले एमालेको तराईमा हुने अभियानको फोटो खिच्न सेटेलाइट नै चाहिने बताए। ‘ हामी तराई जाँदैछौं, फोटो खिच्न ड्रोन क्यामराले पनि पुग्दैन सेटेलाइटबाट फोटो खिच्नुपर्नेछ।’ ओलीले तराईका जनताको देशभक्ति कमजोरी नठान्न आग्रह गर्दै भने ‘तराईका जनतालाई अलमल्याउन सकिन्छ भनेर नठाने हुन्छ।”

Loading...

LEAVE A REPLY