नेपाल भर्सेस भारत, दोस्रो चरणमा पुग्न नेपालले भारतलाई जित्नैपर्ने

187
Loading...

काठमाडौँ । श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल आफ्नो दोस्रो खेलमा शुक्रबार दुई पटकको बिजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार सवा १० बजे सुरु हुनेछ । नेपाली टोली साबिकको बिजेता तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टेष्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध जित निकाल्ने योजनाका साथ मैदान ओर्लँदैछ । र, सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको नेपाली टोली भारतविरुद्ध मैदान उत्रदा नेपाली युवा टोलीलाई जित्नैपर्ने दबाब पनि हुनेछ । शुक्रबार हुने दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरे नेपालको सेमिफाइनल यात्रा बलियो हुनेछ ।

यदी नेपाल पराजित भए नेपालको सेमिफाइनल सम्भावना कठिन हुनेछ । समुह ए मा रहेको नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । बिहीबार मलेसियालाई पराजित गरेको भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा बिहीबार आयोजक श्रीलंकासँग १ रनले पराजित भएपछि नेपालमाथी दबाब बढेको हो । श्रीलंकाविरुद्ध जुझारु प्रदर्शन गरेको नेपाल अन्तिम समयमा १ रनले पराजित भएको थियो । जसको कारण नेपाललाई सेमिफाइनल यात्रा कठिन बनेको हो ।

भारतविरुद्धको जित निकाल्न नेपाललाई सहज नभए पनि यसपटक भारतका यु–१९ टोलीका अधिकांस सदस्य नयाँ छन् । जसको फाइदा नेपाललाई हुनेछ । नेपाल र भारतबीचको पछिल्लो खेलको नतिजा भारतको पक्षमा छ । यस्तै यु –१९ एसिया कप क्रिकेटमा पहिलो संस्करणबाट नै भारतले नेपाललाई पराजित गर्दै आएको छ ।

यो सँगै एसिया कपमा नेपाल र भारत तेस्रो पटक भिड्न लागेका हुन् । सन् २०१२ मा मलेसियामा भएको पहिलो संस्करणको समुह चरणमा नेपाल भारतसँग ८१ रनले पराजित भएको थियो । त्यस्तै युएईमा भएको दोस्रो संस्करणमा पनि समूह चरणको खेलमा नेपाल भारतसँग ९ विकेटले पराजित भएको थियो । भारतपछि नेपालले आफ्नो अन्तिम खेलमा आइतबार मलेसियासँग खेल्नेछ । दुई समूहमा विभाजित प्रतियोगितामा प्रत्येक समूहको शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश पाउनेछन् र सेमिफाइनल खेल्नेछन् ।

LEAVE A REPLY