नेमारले भने,‘बेलोन डि’अरको उपाधि रोनाल्डोले होइन मेसीले पाउनुपर्छ’

0
614

काठमाडौंः बार्सिलोनाका ब्राजिलियन खेलाडी नेमारले बेलोन डि’अर २०१६ को उपाधि बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेसीले पाउनु पर्ने बताएका छन्।

नेमारले भनेका छन्,‘बेलोन डि’अरको उपाधि क्रिष्टियानो रोनाल्डोले होइन, मेसीले पाउनुुपर्छ। त्यसका लागि मेसी नै उपयुक्त छन्।’ रोनाल्डोले पोर्चुगललाई युरो कप र रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका थिए। रोनाल्डोले गत सिजन रियल मड्रिडका लागि ५१ गोल गरेका थिए भने युरो कपमा तीन गोल गरेका थिए।

तर, नेमारले भने पाँच पटकका बेलोन डि’अरको उपाधि जितेका मेसीले बार्सिलोनालाई गत सिजन ला लिगा जिताएकाले उनी नै त्यो उपाधिको हकदार भएको उल्लेख गरेका छन्। उनले भनेका छन्,‘मलाई थाहा छैन कसले जित्छ, तर मेरा लागि एकमात्र उत्कृष्ट खेलाडी छन्, त्यो भनेको मेसी हुन्।’

रोनाल्डो महान खेलाडी भएको उल्लेख गर्दै नेमारले भनेका छन्,‘उनी विश्वका राम्रा खेलाडी हुन्। उनलाई म सम्मान गर्छु।’

मेसीले यो सिजन अहिलेसम्म २० गोल गरेका छन् बार्सिलोनाका लागि। मेसीले ९ ला लिगामा र १० गोल च्याम्पियन्स लिग फुटबलमा गरेका छन्। रोनाल्डोले भने यो सिजन ला लिगामा १० गोल र च्याम्पियन्स लिगमा दुई गोल गरी १२ गोल गरेका छन्।

एक उत्तर छोड्न