पासपोर्ट आवेदन अब मोबाइलबाटै ! कसरी भर्ने फारम?

225
Loading...

काठमाडौं–राहदानी विभागले राहदानी आवेदन भर्न मिल्ने एप्प सार्वजनिक गरेको छ ।  सेवाग्राहीको माग र आवश्यकता सहज बनाउने उद्देश्यले ‘नेपाल पासपोर्ट’ एप्प सुरु गरेको  हो ।
मंगलबार एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले एप सार्वजनिक गरेका हुन् । एप्पबाट सेवाग्राहीले राहदानी सम्बन्धी विविध जानकारी  प्राप्त गर्न तथा आफ्नै मोबाइलबाट आवेदन फारम ‘प्रि इन्रोल’ गर्न सक्नेछन् । प्रि इन्रोल  भनेको मोबाइलबाटै निवेदन गरेपछि पासपोर्ट बन्ने होइन ।
कसरी डाउनलोड गर्ने ? 


यो एप्स प्रयोग गर्नका लागि आफ्नो मोबाइलको App Qmore वा Play store मा गई Nepal Passport टाइप गरेपछि उक्त एप्स देखिन्छ र उक्त एप्सलाई डाउनलोड गर्न सकिनेछ ।
एप्स प्रयोगमा आउँदा कम्प्युटरबाट आवेदन फाराम भर्ने र फाराम अनिवार्य रुपमा प्रिन्ट गर्नुपर्ने व्यवस्थामा सुधार आउने राहदानी विभागले विश्वास लिएको छ ।
कसरी प्रयोग गर्ने वा फारम भर्ने?


आफ्नो मोबाइलमा एप्पमा नौ ओटा अप्सन राखिएको छ । जसमा वेवसाइटमा जस्तै एमआपी स्टाटस, अनलाइन फारम, अन्य फारम, पासपोर्ट हराएमा सम्पर्क गर्नेलगायत सुविधा छन् । जसमा आफूलाई आवश्यक पर्ने सुविधा लिन सकिनेछ ।
नयाँ राहदानीका लागि फारम भर्दा Apply Online अप्सनमा क्लिक गरेपछि त्यहाँको निर्देशनअनुसार आफ्नो मोबाइल सेटबाटै फारम भरेर Submit गर्नुपर्नेछ ।
त्यसपछि प्राप्त हुने Barcode को Screen shot लिई वा नम्बर टिपोट गरी राहदानी विभागमा सम्पर्क गर्न सक्नेछन् ।
राहदानी शुल्क, तस्बिर, औँठा छाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जान सक्नेछन् । पहिलो चरणमा विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै विभागमा गरेको छ ।

LEAVE A REPLY