पिउदिन भन्दाभन्दै पिलायो पार्टीले

0
569

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ। चुनावी माहोलका कारण यतिबेला सामाजिक सञ्जाल चुनावी गतिविधिले भरिएका छन्।

चुनावका बेला मदिराको माग पनि ह्वात्तै बढेको समाचार आइरहेका बेला सामाजिक सञ्जालमा मदिराको करामत झल्काउने केही तस्बिर भाइलर बनेका छन्। चुनावमा मत प्रभावित पार्न मदिरा प्रयोग नयाँ होइन। तर दलहरूले मदिरा खाएर कार्यकर्ताले गरेका हर्कतबाट बेइज्तको सामना गर्नु परेको छ।

सामाजिक सञ्जालमा पोस्ट भएका केही तस्बिर मदिरामा लठ्ठिएर चुनाव प्रचारमा हिँडेका कार्यकर्ताको हविगतलाई झल्काउँछन्। दलका चुनाव चिन्ह अंकित टिसर्ट लगाएका यी कार्यकर्ताको तस्बिर चर्चामा छन्। (तस्बिर सामाजिक सञ्जालमा भेटिएको हो।)

एक उत्तर छोड्न