पोखराको चाउथेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
329

पोखरा ८ पुस । पोखराको चाउथेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । गएराती १० बजेर २० मिनेटमा जादा ग ८ प ३२११ नम्बरको मोटरसाइकललाई अमरसिंहचोक तर्फ आउदै गरेको ग १ ख ४५४४ ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक पोखरा १३ का २७ बर्षीय अमृत केसीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको हो ।

मोटरसाइकलमा सवार पोखरा १३ निवासी २३ बर्षीय उज्वल गुरुङ घाइते भएका छन् । ठक्कर दिने ट्रक र चालक सान्तराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY