प्रधानमन्त्री प्रचण्ड युएईमा (भ्रमण तालिकासहित)

0
507

युएई–विश्व ऊर्जा भविष्यबारे सम्मेलन (वल्ड फ्युचर इनर्जी समिट २०१७ ) मा भाग लिन युएई शनिबार आइपुगेका छन् ।
इतिहाद एअरवेजको उडान नं.२९१ को विमानमा युएईको समय अनुसार ८ बजेर ३० मिनेट जादा उनी अबुधावी अबतरण गरेका हुन् ।

प्रधानमन्त्रीको नेतृत्वमा उर्जा मन्त्री जनार्दन शर्मा सहित युएई आइपुगेको १३ सदस्यीय टोलीलाई शनिवार बेलुका अबुधावी विमानस्थलमा युएईका श्रम मन्त्री डा. शक्र घोबाश सायद घोबाशले स्वागत गरे ।
विमानस्थलको विशिष्ठ कक्षमा प्रधानमन्त्रीलाई नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र टंडन, द्वितिय सचिव कृष्ण अर्याल , अन्य दुतावासका कर्मचारीहरु, एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल लगायतले स्वागत गरेका थिए ।

युएईका युवराज शेख मोहमद विन जायद अल नाह्योनको निमन्त्रणमा प्रचण्ड युएई आएका हुन् । युएई बसाइमा प्रधानमन्त्री राजधानी अबुधावीमा रहेको इमिरेट्स प्यालेस होटलमा रहनेछन् ।
चार दिने भ्रमणमा रहेका प्रधानमन्त्रीले युएईमा रहदाँ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले युएईका युवराज शेख मोहमद विन जायद अल नाह्योन, युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुम लगायत उच्च पदस्त व्यक्तित्वसँग भेटघाट हुने कार्यक्रम रहेको नेपाली दुतावास युएईका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी गराए ।

प्रधानमन्त्रीको युईमा रहँदा हुने कार्यक्रमहरुः

माघ २ आइतबार
प्रधानमन्त्रीले अबुधावीमा रहेको शेख जायद ग्रयाण्ड मस्जिदको भ्रमण गर्नेछन् । लगत्तै नेपाली दुतावासले आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थित हुनेछन् भने सोही दिन युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुमसंग दुबइमा भेटघाट गर्नेछन् । साथै दिउँसो विश्वको सर्बोच्च भवन बुर्ज खलिफा पनि पुग्ने कार्यक्रम रहेको छ ।साँझ दुबइमा नेपाली जनप्रगतिशिल मञ्च युएईको र नेपाली विजनेस काउन्सीलको आयोजनामा हुने भेटघाट कार्यक्रममा पनि प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलले उपस्थिती रहने छ । आज नै एनआरएन युएईले प्रधानमन्त्रीलाई युएईमा रहेका नेपालीहरुका समस्याहरुको विषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले जानकारी दिए ।

माघ ३ सोमबार
प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलले मंगलबार अबुधावीमा रहेको नेश्नल इजिविसन सेन्टरमा जनवरी १५ देखी जनवरी १९ सम्म सञ्चालन हुने विश्व उर्जा भविष्यबारे सम्मेलन (वल्ड फ्युचर इनर्जी समिट २०१७ ) मा सहभागी हुनेछन् । उक्त सम्मेलनलको उद्घाटन शत्रमा प्रधानमन्त्रिले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्रीले युएईका युवराज शेख मोहमद विन जायद अल नाह्योनसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै उहाँले युएईका सहायक प्रधानमन्त्री शेख मनसुर विन जायद अल नाह्यनसँग पनि भेटघाट गर्नेछन् र उक्त भेटघाटमा युएईमा रहेका नेपाली कामदारको सामाजिक सुरक्षा , पारिश्रमिक र अन्य सुरक्षाको विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार युएईको समय अनुसार विहान १० बजेर ५ मिनेटमा प्रधानमन्त्री इतिहाद एअर को विमान नं. २९० बाट नेपाल प्रस्थान गर्नेछन् ।

एक उत्तर छोड्न