प्रहरीमा भर्ना खुल्यो २७०० लाई सुर्वण अवसर

0
539

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २ हजार ६ सय ७८ पदका लागि भर्ना खुलाएको छ । प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १ हजार ६ सय ४५ प्रहरी जवानका लागि भर्ना खुलेको छ ।  प्रहरीले प्राविधिक समूहमा मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवार खोजेको छ ।  त्यस्तै, आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि प्रहरीमा भर्ना खुलेको छ ।  सञ्चार प्राविधिकमा मात्रै ७ सय १८ जनाका लागि दरखास्त आव्हान गरिएको छ । फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन प्रधान कार्यालयले भनेको छ ।

प्राविधिकतर्फ आवेदन दिन तलको लिंक क्लिक गर्नुहोस्  https://nepalpolice.gov.np/images/documents/Technical_NepalPolice_Constable_Vacency_-2073-10_20.pdf

प्रहरी जवानको आवेदन दिन तलको लिंक क्लिक गर्नुहोस्

 https://nepalpolice.gov.np/images/documents/Nepal-Police_Constable_Vacency_-2073-10_20.pdf  

दरखास्तको नमूनका लागि तलको लिंक क्लिक गर्नुहोस्

 https://nepalpolice.gov.np/images/documents/Job_Application-Form_New_2073.pdf 

LEAVE A REPLY