प्रहरीमा व्यापक सरुवा बढुवा

0
423

काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक (सई), सहायक निरीक्षक (असई) र हबल्दारको व्यापक सरुवा तथा बढुवा गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

चार सय ६१ सई सरुवा भएका हुन् । यसैगरी ९४ जनालाई असईमा बढुवा गरिएको छ । ४४ असईलाई सिन अफ क्राइम अफिसरमा सरुवा गरिएको छ ।

दुई सय २८ जनालाई हबल्दारमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालय अन्तर्गत मानव स्रोतसाधन विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY