प्रियंकाको बिहेमा मोदीलाई निम्तो

0
61

बलिउड अभिनेत्री प्रियंका चोपडा जसरी पनि आफ्नो बिहेलाई चर्चित बनाउन चाहन्छिन् । हालै मात्रै आफ्नी प्रतिस्पर्धी दीपिका पादूकोणको बिहेको जति चर्चा भयो, त्यसलाई उछिन्ने उनको एक मात्र ध्येय छ । दीपिका र प्रियंकाको बिहेमा केही फरकपन हुनेछन् । दीपिकाले इटली पुगेर लगनगाँठो कसेकी थिइन् भने प्रियंका भारतकै जोधपुरमा बिहे गर्दैछिन् । दीपिकाका दुलाहा बलिउडकै हिरो थिए भने प्रियंकाले अमेरिकी दुलाहा रोजेकी छिन् ।

आफ्नो बिहेलाई अन्तर्राष्ट्रिय चर्चा दिलाउनका लागि प्रियंकाले नयाँ उपाय निकालेकी छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहेको निम्तो गरेकी छन् । मोदीलाई निम्तो कार्ड दिन प्रियंका हुनेवाला दुलाहा निकलाई लिएर प्रधानमन्त्री निवास पुगेकी थिइन् । उनीहरुले मोदीलाई भेट्न पाए कि पाएनन् भन्ने खुलेको छैन । तर, निम्तो कार्ड चाहिँ मोदीकोे हातमा पुगिसकेको छ ।

एक उत्तर छोड्न