फेसबुकमा महिलाको फोन नम्बर राखी तनाव दिने व्यक्ति पक्राउ

0
484

काठमाडौं– सामाजिक सञ्जालमा फेसबुकमा गलत उद्देश्यले महिलाहरुको फोन नम्बर राखी तनाव दिने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३६ वर्षीय सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बस्नेतले फेसबुकमा अश्लिल नाम राखी प्रोफाइल बनाई प्रोफाइलमा महिलाहरुको नाम र फोन नम्बरसमेत राखी चरित्र हत्या एवं सामाजिक प्रतिष्ठामा आँच आउने कार्य गरी मानसिक यातना दिने गरेका थिए।

महानगरीय अपराध महाशाखा टेकुले उक्त प्रोफाइल सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा हाल २३ जना महिलाहरुको फोन नम्बर सार्वजानिक रुपमा राखेको देखिएको र थप प्राविधिक अनुसन्धान र टेक्निकल ईन्टेलिजेन्सबाट प्रोफाइलको सञ्चालक बस्नेतको संलग्नता खुल्न आएको जनाएको छ।

बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारवाही तथा आवश्यक अनुसन्धान गरिहरको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न