फेसबुक र युट्युुबलाई टक्कर दिन बिमियोको ३६० डिग्री भिडियो

0
368

भिडियो शेयरिंग वेबसाइट बिमियोले ३६० सर्भिस नामबाट भिडियो सर्भिस सुरु गरेको छ । यसमा प्रयोगकर्ताले तयार पारेका ३६० डिग्री भिडियोहरु अपलोड, स्ट्रीम, डाउनलोड तथा बिक्रि गर्न सकिन्छ ।

कम्पनीले यसका लागि क्युरेटेड च्यानल पनि सुरु गरेको छ । जहाँ भिडियो बनाउनेसँग सम्बन्धित जानकारीहरु उपलब्ध हुनेछन् ।
हाल यो सर्भिस वेबसाइट तथा विमियो मोबाइल एपमा उपलब्ध रहेको छ । यसका साथै सामसुंगको भर्चुअल रियालिटी, Zeiss VR One tyf Google Daydream मा पनि प्रयोग गर्न सकिनेछ । एडोब प्रिमियर प्रो तथा सोनी भेगसका माध्यमबाट पनि प्रयोगकर्ताले आफ्नो भिडियो सिधै पब्लिस गर्न सक्ने छन् ।

स्मरण रहोस्यु, ट्युुबले सन् २०१५ को मार्चमा ३६० डिग्री भिडियो सपोर्ट सुरु गरेको थियो । तत्पश्चात सेप्टेम्बरमा फेसबुकले पनि यो फिचर सुरु गर्यो । युट्युुबले यस्तो खाले भिडियोका लागि लाइभ स्ट्रिमिंग पनि सुरु गरेको छ । त्यस्तै फेसबुकले गतवर्ष आयोजित एक सम्मेलनमा सराउण्ड ३६० डिग्री क्यामरा तथा भिडियो क्यापाबिलिटीको घोषणा गरेको थियो जसबाट ६० एफपिएस तथा एट के रिजोलुसनको भिडियो बनाउन सकिन्छ ।

फेसबुकको ३६० डिग्री भिडियोमा ५ गिगाबाइट साइजको ३० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिन्छ ।

के हो ३६० डिग्री भिडियो ?

आमरुपमा रेकर्डिंगका लागि हामीले जुन क्यामराको प्रयोग गर्दछौँ । त्यसले अगाडिको दृश्य तथा आवाज मात्र रेकर्ड गर्दछ । तर ३६० डिग्री भिडियोमा चारैतर्फको रेकर्डिंग एकसाथ गर्न सकिन्छ । भर्चुअल भिडियो हेर्नका लागि अहिले ३६० डिग्री भिडियोमा धेरै काम गर्ने गरिएको छ ।

यसरी हेर्नुस् ३६० डिग्री भिडियो

३६० डिग्री भिडियो हेर्ने उत्कृष्ट अनुुभव हासिल गर्न चाहनुहुन्छ भने यसका लागि VR Head Set प्रयोग गर्नुपर्दछ । किनकि सामान्य स्क्रिनमा जब हामी ३६० डिग्री भिडियो हेर्छौँ तब त्यहाँ एक दिशाको मात्र दृश्य देखिन्छ । जबकि भिआर हेडसेटबाट भर्चुआलिटीको आभास हुन्छ ।

कसरी हुन्छ रेकर्डिंग ?

यस प्रकारको भिडियो रेकर्डिंग सामान्य क्यामराबाट गर्न सकिँदैन । यसका लागि विशेष खालको ३६० डिग्री क्यामरा चाहिन्छ । जसले रेकर्डिंगका बेला चारैतर्फको दृश्य कैद गरेर वास्तविकताको नजिक पुर्‍याउँछ । । एजेन्सी

LEAVE A REPLY