बर्दियाको राजापुर र प्युठान नगरपालिकामा माओवादीको जित

0
431

बर्दियाको राजापुर र प्युठानको प्युठान नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।
बर्दियाको राजापुर नगरपालिकामा माओवादीका शिव थारु विजयी भएका छन् । उपमेयरमा माओवादी केन्द्रकी मनकला चौधरीले जितेकी छिन् ।

मेयरमा निर्वाचित थारुले ९३९२ मत ल्याए भने उपमेयर जितेकी चौधरीले ९१०८ मत पाइन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपजंग थापाले ८३५१ र उपमेयरकी उम्मेदवार तारा चौधरीले मत पाइन् ।

 

त्यसैगरी एमालेका मेयरका उम्मेदवार पहाडी थारुले ४९६९ मत पाए भने उपमेयकी उम्मेदवार कृष्णा चौधरीले ४८७० मत पाइन् ।

यसैगरी साँझ आएको मतगणनाको परिणामअनुसार प्युठान नगरपालिकाको मेयरमा अर्जुनकुमार कक्षपति विजयी भएका छिन् । उनले ५११४ मत पाए ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका तुल्सीराम ४३२३ मत पाए । कांग्रेसका देबेन्द्र बर्मा ३२५८ मत ल्याए ।

उपमेयरमा एमालेका शान्ता आचार्य विजयी भइन् । उनले ५०९७ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी भगवती बिष्टले ३४१४ मत पाइन् । राजमोका ध्रुब शर्माले ३३७५ मत ल्याए ।

एक उत्तर छोड्न