बलिउड अभिनेता ओम पुरीको निधन

116
Loading...

एजेन्सीः बलिउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । घरमै रहेका पुरीको हृदयघातका कारण निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

पछिल्लो समय ‘घायल रिटर्न’मा उनले अभियन गरेका छन् । पुरीका, आक्रोश, अर्धसत्य, गुप्त, जाने भी दो यारो, चाची ४२०, मालामाल वीकलीमा गरेको अभिनय प्रशंसनीय मानिन्छ ।

१९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट स्नातक गरेका पुरीले प्राथमिक शिक्षा भने पञ्जावको पटियालामा लिएका थिए ।

पुरीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री कार्यालयको ट्वीट हेन्डलबाट लेखिएको ट्वीटमा थिएटर तथा फिल्ममा ओम पुरीलाई सम्झिरहने र उनको निधनमा शोक व्यक्त गर्दछौ भनिएको छ ।

LEAVE A REPLY