बसको ठक्करबाट गम्भीर घाइते दराईको मृत्यु

0
337

चितवन : पुर्वी चितवनको खैरहनीमा बसको ठक्करबाट गम्भीर घाइते भएकामध्ये थप एकजनाको सोमबार विहान उपचारको क्रममा मृत्यु भएको छ। रत्ननगर नगरपालिका ४ देवौलीका १९ बर्षीय जोसेफ दराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा विहान ८ बजेर १५ मिनेटको समयमा मृत्यु भएको हो। उक्त दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ अर्का एकजना गम्भीर घाइते छन्। आइतबार राति १२ बजे पूर्व पश्चिम राजमार्गमा बा ५ ख ८९६१ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको राति नै मृत्यु भएको थियो भने दराई सहित २ जना गम्भीर घाइते भएका थिए। अर्का घाइते राप्ती नगरपालिका १ का १७ वर्षीय ईश्वर कँडेलको अवस्था गम्भीर रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार तीन जनामध्ये रत्ननगर नगरपालिका ३ का २० बर्षीय नारायण बोहराको भने राती नै मृत्यु भएको थियो। गाडीका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

LEAVE A REPLY