बाबुरामको नयाँ शक्तिसहित २४ पार्टीको मोर्चाबन्दी

0
357

काठमाडौं, चैत १०– स्थानीय तहको निर्वाचनमा   चुनाव चिन्ह लिएर चुनाव लड्न नपाउने भएका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका २४ दलले मोर्चाबन्दी गरेका छन् ।

संसदमा नरहेका ती पार्टीहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिन्हले मान्यता पाउनु पर्ने माग गरेका छन् ।
बिहिबार राजधानीमा संयुक्र पत्रकार सम्मेलन गरेर २४ दलले संविधानको धारा २६९ र २७१ को राजनीतिक दलको गठन दर्ता र सञ्चालनसम्बन्धी सबै सर्तहरु र निर्वाचन

आयोगले निर्वाचनका लागि तोकेको प्रक्रिया पूरा गरेको दलहरु भएकाले चुनाव चिन्ह पाउनुपर्ने माग गरेका छन् ।
यस्तै बहुदलीय व्यवस्थाको अन्तराष्ट्रिय प्रचलनअनुसार आ–आफ्नो चुनाव चिन्हसहित विचारधारा, दर्शन र कार्यक्रम प्रसारप्रसार गर्ने र निर्वाचनमा भाग लिने नैसर्गिक अधिकार भएको पनि ती दलको दाबी छ ।

निर्वाचनमा जित्नेले राज्य चलाउने र हार्नेले पुन जित्नको लागि पहिचानसहित जनतामा जाने विश्वव्यापि मान्यता रहेको भएपनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को ६ र ७ ले संसदमा रहेका केहि दलहरुलाई मात्रै चुनाव चिन्ह दिएर आफूहरुलाई भने प्रतिबन्द लगाउने काम गरेको भन्दै निर्वाचनमा पार्टीको चुनाव चिन्हसहित भाग लिन वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।

आफूहरुको माग सम्बोधन नभए बहुदलीय व्यवस्थाको रक्षाका लागि सरकार   आयोगविरूद्व संघर्षमा उत्रिने २४ दलको चेतावनी छ ।
यी हुन् मोर्चाबन्दी गर्ने २४  दल

LEAVE A REPLY