बिमलेन्द्रलाई अनुपस्थित गराउँदै झुक्याएर संविधान संशोधन विधेयक प्रस्तुत

101
Loading...

काठमाडौं, २४ पुस– निर्वाचन तयारी सम्बन्धी विधेयक प्रस्तुत गर्न अनुमति पाएका कानुनमन्त्री अजयशंकर नायकलाई सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयक टेबुल गर्न अनुमति दिएपछि आइतबार संसदमा संविधान संशोधन विधेयक टेबुल भएको छ । गृहमन्त्री बिमलेन्द्र निधिलाई अनुपस्थित गराई निधिले प्रस्तुत गर्ने भनिएको निर्वाचन विधेयक प्रस्तुत गर्ने रुलिङका आधारमा कानुनमन्त्रीले झुक्याएर संविधान संशोधन विधेयक प्रस्तुत गरेका हुन् ।
यसरी झुक्याएर र संविधान संशोधनको विपक्षमा रहेका प्रमुख प्रतिपक्षी एमाले सहितका नौ दलको असहमतिका बीच सभामुख घर्तीले संविधान संशोधन विधेयक अघि बढाएपछि उनीहरुले सभामुख घर्ती संसदीय अभ्यासको खिलाफमा गएको प्रतिक्रिया दिएका छन् ।

 

संविधान संशोधनको विपक्षमा एक तिहाइ भन्दा बढी सांसदहरु स्पष्ट रुपमा उभिए पनि सरकारले जबर्जस्ती रुपमा विधेयक अघि बढाएको हो । यसअघिको अभ्यास विपरित सभामुखले नै विधेयक अघि बढाउन अनुमति दिएपछि पनि प्रतिपक्षी सांसदहरुले आफ्नो विरोधले निरन्तरता पाउने वताएका छन् ।
‘सभामुखले यसअघि आफैले गरेको रुलिङ बिपरित संसदीय कारवाही अघि बढाउनुभयो, यो संसदीय अभ्यासको नितान्त खिलापमा छ’ एमाले सांसद तथा पूर्वमन्त्री अग्नि खरेलले  भने, ‘यसअघि यस्तो कहिल्यै पनि भएको थिएन । राष्ट्रघाती, संविधान बिरोधी बिधेयकबिरुद्ध एमाले लागयतका ९ दलको बिरोध जारी छ, यसले निरन्तरता पाउँछ ।’
सरकारले संविधान संशोधन विधेयक जबर्जस्ती प्रस्तुत गरेपछि संसद बैठकबाट बाहिरिएका एमाले उपाध्यक्ष बामदेव गौतमले यसलाई प्रस्ताव टेबुल भएको रुपमा मान्न नसक्ने र जबर्जस्ती गरेको रुपमा मान्न सक्ने वताए । ‘यसलाई पनि प्रस्ताव टेबुल गरेको भन्छन् ?’ गौतमले भने, ‘यो त जबर्जस्ती गरेको हो ।’
अब एमालेले के गर्छ ? 
संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै आएको एमालेले आफ्नो विरोध जारी राख्दै यसलाई असफल बनाउने वताएको छ । संसदमा एमालेको विरोधको स्वरुप भने यसअघि माओवादीले गरेजस्तो हिंसात्मक नहुने वताएको छ । ‘हामी के गर्छाैं भनेर सोध्नै परेन, हामी विरोध गर्छाैं उहाँहरुको जस्तो संसदमा हिंसात्मक रुपमा जाँदैनौं’ गौतमले भने, ‘विधेयकलाई सालीन विरोध गर्छाैं र असफल पार्छाैं ।’
झुक्याएर संशोधन विधेयक
संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गर्न नदिने अडानमा रहेको एमालेलाई आइतबारको संसद बैठकमा झुक्याउने काम भने गृहमन्त्री बिमलेन्द्र निधिले गरेका थिए । निधिले निर्वाचन तयारी सम्बन्धि विधेयकहरु संसदमा प्रस्तुत गर्ने समय दिंदा सभामुख घर्तीले निधि अनुपस्थित रहेको भन्दै कानुनमन्त्री अजयशंकरलाई विधेयक प्रस्तुत गर्ने अनुमति दिइन् । निर्वाचन सम्बन्धी विधेयकमा अवरोध नगर्ने विपक्षी दलको घोषणा नै थियो । तर, निर्वाचन सम्बन्धी विधेयक प्रस्तुत गर्न गएका कानुनमन्त्रीले संविधान संशोधन विधेयक टेबुल गर्न थालेपछि विपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । यसरी निर्वाचन सम्बन्धी विधेयक प्रस्तुत गर्न लागेको भन्दै विपक्षीलाई झुक्याएर सभामुखले संविधान संशोधन विधेयक प्रस्तुत गर्न लगाएकी थिइन् ।

Loading...

LEAVE A REPLY