बिहारमा अढाई घण्टाको ‘ड्रामा’पछि मुख्यमन्त्री नितिश कुमारद्वारा राजिनामा, मोदीद्वारा बधाई

0
641

पटना, ‘राजनीति न हो, के हुन्छ भन्न सकिन्न । जनता त सधैं मतदान गर्ने मात्र न हुन । सत्ता र शक्तिका सामु राजनीतिक नैतिकताको केही अर्थ हुन्न ।’
आमरुपमा भनिने या भनाईको यथार्थ बुधबार बिहारमा देखियो । अढाई घण्टाको राजनीतिक नाटकपछि सत्तामा ठूला परिवर्तन भयो । लालु यादवका छोरा तेजस्वीमाथि राष्ट्रिय जनता दल–जनता दल यूनाटेडका लामो विवादपछि नितिश कुमारले राजिनामा दिए ।

बीस महिना पुरानो महागठबन्धन सरकारको मुख्यमन्त्रीबाट राजिनामा दिएपछि मोदीले नितिश कुमारलाई बधाई दिए ।

र, त्यही बीचमा लालु यादवले पत्रकार सम्मेलनको आयोजना गरे। सँगैका सहयात्री नितिश कुमारलाई उनल हत्यारा भएका आराप लगाए । साथै जनता दल–जनता दल यूनाइटेड र कांग्रेस महागठबन्धनले आफ्नो नयाँ नेता चयन गर्नसक्ने बाटो समेत बताए ।

यता नितिश कुमारलाई फेरी मुख्यमन्त्री बन्नु थियो । त्यसैले उनले भारतीय जनता पार्टीका विधायकहरुलाई राती डिनरमा बोलाए । कुरा मिल्यो । अब उनी यही शुक्रबार साँझ ५ बजे मुख्यमन्त्री पदको फेरी शपथ लिने छन् ।

राजनीति न हो, यी तिनै नितिश हुन, जसको सबैभन्दा ठूलो निशाना भारतीय जनता पार्टीमाथि थियो । निर्वाचनको क्रममा भारतीय जनता पार्टीलाई ठूलो हार प्राप्त भएको थियो । त्यसपछि केन्द्र सरकारसँग नितिश कुमारको सम्बन्ध निकै कटु थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग समेत नितिश कुमारको विवाद शुरु भएको थियो । भारतीय जनता पार्टीलाई साम्प्रदायिकताका आरोप लगाउँदै आएका नितिश त्यही भाजपाको समर्थनमा अब फेरी मुख्य मन्त्री बन्ने छन् ।

रेलवे टेण्डर घोटाला र अवैध सम्पत्तिका विषयमा मुद्दा दर्ता भएपछि उप मुख्यमन्त्री तेजस्वीमाथि पदबाट राजिनामाको दबाब थियो । यसै विषयमा महागठबन्धनमा समेत विवाद देखिएको थियो ।

यस्ता रहे उथलपुथल अढाइ घण्टा

साँझ साढे ६ बजे ः नितिशकुमारद्वारा गभर्नरसमक्ष राजिनामा

साँझ ७। ९ बजे ः नरेन्द्र मोदीले ट्विट गरेर बधाई थिए । त्यसपछि बिजेपी संसदीय बोर्डको बैठक

राती ७। ३० बजेः लालु यादवद्वारा पत्रकार सम्मेलन, धारा ३०२ अन्तर्गत हत्याका आरोपी भएको आरोप, नितिशद्वारा हाइकोर्टले उक्त घटनामा स्टे अर्डर जारी गरेको प्रतिक्रिया

राती ९।१० बजे, बिहार बिजेपीका नेता सुशील मोदीले नितिश कुमारलाई एनडीएको समर्थन रहेको घोषणा ।

राती १०।११ बजेः लालु यादवले बिहारमा भारतीय जनताविरुद्ध ऐतिहासिक जनमत रहेको अवस्थामा त्यही भाजपाको समर्थनमा सरकार बनाएर नितिश कुमारले अनैतिकताका इतिहास रच्ने प्रतिक्रिया

राती १०।३२ बजेः भारतीय जनता पार्टीद्वारा औपचारिकरुपमा नितिशकुमारलाई समर्थन गरेको पत्र राज्यपाललाई बुझाइयो । नितिश कुमारले नयाँ सरकार गठन गर्न समय माग

राती ११।३० ः गभर्नर बिरामी, अस्पताल भर्ना

जनता दल यूनाइटेडसँग ७१ विधायक रहेका छन् । बिजेपीसम्मिलित एनडीएका ५८ सांसदको समर्थनसँगै नितिशले बहुमतभन्दा ७ मत बढी पाउने छन् । यता आरजेडीका ८०, कांग्रेसका २७ र अन्य ७ विधायक रहेका छन् ।

एक उत्तर छोड्न