भारतमा अब जात र धर्मको आधारमा भोट माग्न नपाइने, मोदीलाई तनाव

219
Loading...

नयाँ दिल्ली, १९ पुस-भारतको सर्वोच्च अदालतले जातीय र धार्मिक आधारमा निर्वाचनमा भोट माग्न नपाउने आदेश दिएको छ । प्रधानन्यायाधीश टीएस ठाकुरका अनुसार सर्वोच्च अदालतका सात न्यायाधीशको संयुक्त इजलासले संवैधानिक प्रावधानको रक्षा गर्नुपर्ने भन्दै सो फैसला सुनाएको हो, आजको राजधानी दैनिकमा खबर छ ।भारतीय संविधानको मर्म धर्मनिरपेक्षता रहेकाले त्यस्को रक्षा गर्नुपर्ने फैसला गरिएको उनको भनाई छ । भारतीय सर्वोच्च अदालतले सन १९९६ मा परेको रिटको सुनुवाई गर्दै यस्तो फैसला गरेको हो । अदालतले निर्वाचनमा कुनै पनि राजनीतिक दलले धार्मिक विश्वास, जातीय राजनीतिका आधारमा मत मागेको पइएमा निर्वाचन नै रद्द गर्ने फैसलासमेत गरेको छ । अदालतको यो आदेशसँगै भारतमा राजनीतिक दलहरुलाई आफ्नो जातीय तथा धार्मिक राजनीतिक कार्यनीति बदल्न दबाब परेको छ । यसअघिसम्म भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) नै हिन्दु राष्ट्रियताको एजेन्डा लिएर निर्वाचनमा होमिएको थियो । भाजपाका नेताहरुले निर्वाचनमा हिन्दु धर्मप्रति आस्थावान समूदायको मत लिनका मुस्लिम तथा अन्य समुदाय विरोधी अभिव्यक्ति दिएका थिए । त्यस्तै भारतको उत्तर प्रदेशमा जातीय राजनीति हाबी रहेको छ । अदालतको यो फैसलाले भारतका सवैजसो दल अप्ठ्यारोमा परेका छन ।

अदालतको उक्त आदेश आएको केही घण्टापछि भारतीय प्रधानमन्त्री मोदीले लखनउमा आयोजित सभामा बोल्दै जातीय र धार्मिक राजनीतिबाट माथि उठ्न आह्वान गरेका छन् ।

Loading...

LEAVE A REPLY