चिनियाँ भू–भागमा सैनिक राखेको दावी गर्दै मंगलबार (आज) चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले भारतद्वारा चिनियाँ भू–भागमा राखेका सैनिकलाई फिर्ता लानुपर्ने बताएका छन् ।

भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भू–भागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उनको दावी थियो ।

भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा बताए ।

चीनमा रहेका केही विदेशी कुटनीतिज्ञले घटना ‘दुखद’ र ‘ बुझ्न कठीन’ भएको बताउदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उनको भनाई थियो ।

लुले थपे, ‘घटनाको उद्देश्य प्रष्ट छ । भारत्ीय सेनाले दुई देशबीच छुट्टयाइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।’

भारत सरकारलाई अवस्थालाई सही रूपमा बुझ्न, सुरक्षाकर्मीलाई आफ्नो भूमीबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गरे । रासस/सिन्ह्वा

LEAVE A REPLY