मधेसी मोर्चालाई प्रधानमन्त्रीको ६ प्रश्न

0
427

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा मंगलबार सम्बोधन गर्दै घोषित स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह गरेको खबर आजको सबैजसो पत्रपत्रिकामा छापिएका छन् ।
नयाँ पत्रिकामा मोर्चालाई प्रमले ६ प्रश्न गरेको विषय पनि उल्लेख छ

१. एकात्मक, केन्द्रीकृत र सामन्तवादी राज्यसत्ताले देशका बहुसंख्यक जातजाति, भाषभाषी, लिंग, वर्ण, वर्ग र क्षेत्रका जनतामाथि सदिऔँदेखि लादेको उत्पीडनविरुद्ध सबैभन्दा बढी को लड्यो ?

२. मधेसी, महिला, आदिवासी–जनजाति, मुस्लिम, दलित र विपन्नमाथिका राजनीतिक, आर्थिक र सांस्कृतिक विभेद अन्त्य गर्ने निर्णायक अभियान कसले सुरु गर्‍यो ?

३. मधेसलगायत उपेक्षित क्षेत्रमाथिका विभेद र उत्पीडनलाई इतिहासमै पहिलोपटक राष्ट्रिय राजनीतिको केन्द्रीय विषय कसले बनायो ?

४. पहिलो होस् वा दोस्रो, हरेक संविधानसभामा मधेस, थारू, जनजाति, उपेक्षित क्षेत्र र वर्गका जायज चासो र चिन्तालाई सम्बोधन गर्न हरेक लडाइ“को अग्रमोर्चामा को थियो ?

५. संविधान जारी गर्नैपर्ने बाध्यात्मक अवस्थामा समेत मधेसी, आदिवासी र जनजातिका जायज विमतिलाई दस्तावेजीकरण गर्दै आठबु“दे असहमति कसले दर्ज गर्‍यो ?

६ मधेसी जनताको जागरण र साहसको दुरुपयोग गरेर जनताका अधिकार खोस्न हिजो मधेसमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेसी जनताकै काँधमा बन्दुक राखेर लागिरहेका छन्, के यो षड्यन्त्र सफल हुन दिन सकिन्छ ? के मधेसी जनता यसको हिस्सेदार बन्न सक्छन् ?

LEAVE A REPLY