मन्त्रिपरिषद विस्तार हुँदै

0
360

काठमाडौँ, १८ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन्, नेपाल समाचार पत्रमा खबर छ ।

पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् भने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् ।

मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले अबको एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सरकारमा पठाउने मन्त्रीहरुको बारेमा छलफल गर्न गृहकार्य अघि बढाएका छन् ।

LEAVE A REPLY