मन्त्रीले खैनी खाएर संसदभित्रै थुकेको भिडियो भाइरल(भिडियो)

219
Loading...
काठमाडौं, १८ पुस — नेपाली कांग्रेसका नेता एवं शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले खैनी, पानपराग, सुपारी वा गुटका खाएर संसद्भित्र थुकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

व्यवस्थापिका संसद्को बैठक चलिरहेको समयमा सोमवार मन्त्री केसीले मुखबाट खैनी हातमा थुकेर टेबलमुनि फालेको दृश्य देखिएको छ । विपक्षी दलका सांसद्हरू उभिइरहेको समयमा मन्त्री केसीले खैनी खाएर थुकेको दृश्य संसद्को क्यामेराले समेत रेकर्ड गरेको छ ।

संसद्भित्र खैनी, सुर्ती र चुरोट लैजान र खान प्रतिबन्ध छ । संसद हेर्नजाने दर्शकले संसदको गेटबाटै त्यस्ता सामग्री लैजान पाउँदैनन्, तर मन्त्री र सांसदलाइै जाँच हुँदैन । संसद् बैठकभित्रै थुक्ने कुरा संसदीय मर्यादा विपरीतको क्रियाकलाप मानिन्छ ।

सार्वजनिक स्थानमा चुरोट, सुर्ती, खैनी र गुटका जस्ता सुर्तीजन्य पदार्थ खान सुर्तीजन्य पदार्थ बेचबिखन ऐनले प्रतिबन्ध लगाएको छ । मन्त्री केसीले सुर्ती खैनी, सुपारी वा पराग जे खाएको भएपनि संसद्भित्रै थुक्ने कुराले न्यूनतम सभ्यताको समेत उपहास गरेको देखिएको छ ।

यसअघि मन्त्री केसीले नुवाकोटस्थित आफ्नै घरमा प्रहरीबाट सलामी लिएको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।

भिडियोः युटुवबाट

Loading...

LEAVE A REPLY