मन्त्री नै कमिसनको चक्करमा लागेपछि…

0
307

चैत – कृषि विकास मन्त्री गौरिशंकर चौधरीले सर्वोच्च अदालतको निर्णयको आडमा रासायनिक मल खरिद गर्न बढाएको प्रक्रियामा करिब ६८ करोड रुपैयाँ कमिसनको खेल हुने भएको छ, अन्नपूर्ण पोस्टमा खबर छ | सर्वोच्च अदालतको निर्णयको आडमा मन्त्री चौधरीले कृषि सामग्री कम्पनीलाई अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा बढीमा ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न दबाब दिँदै आएका छन् ।

अस्ट्रेलियन कम्पनी लोबाना ट्रेडिङ प्राइभेट लिमिटेडसँग झन्डै ६७ करोड ८७ लाख १५ हजार दुई सय रुपैयाँ बढी आर्थिक भार पर्ने गरी ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मन्त्री चौधरी लागि परेका छन् । यो कम्पनीको बिजिनेस क्रेडिबिलिटी इन्फरमेसन रिर्पोट कमजोर र पुँजी सय डलर मात्रै छ ।विश्व बजारमा हाल युरिया मलको मूल्य प्रतिमेट्रिक टन तीन सय २३ अमेरिकी डलर (३३ हजार आठ सय ३१ रुपैयाँ नेपाली) छ ।
तर, लोबानाले कोलकात्ता बन्दरगाहसम्मको ढुवानी खर्च जोडेर प्रतिमेट्रिक टन युरिया मललाई पाँच सय ३९ यूएस डलर (५६ हजार चार सय ५४ रुपैयाँ नेपाली) तोकेको छ । कृषि सामग्री कम्पनीले केही साता अघि मात्रै तीन सय २३ युयस डलर प्रतिमेट्रिक टन पर्नेगरी ३० हजार प्रतिमेट्रिक टन युरिया मल खरिद गर्न यूएईको विल्सन कम्पनी छनोट गरेको थियो ।

LEAVE A REPLY