माओवादीमा भाँडभैलो

0
560

काठमाडौं, ५ साउन – सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक-राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ । पार्टी संगठनात्मक कार्यविधिबमोजिम बनाउनुपर्ने संरचना बनेको छैन भने सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् भन्ने नेतृत्वलाई नै थाहा छैन ।
पार्टीको केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटी बनेको छ भन्ने तथ्यसमेत माओवादी केन्द्र्रसँग छैन । समावेशी र समानुपातिक प्रतिनिधित्वको नारा सबैभन्दा बढी उठाउँदै आएको उसले भद्दा र ठूलो आकारका संगठन निर्माण गरेको छ । ठूलो आकारका संगठन बनाएपछि माओवादी आफैंले भन्दै आएको ‘जनवादी केन्द्रीयता’ को अभ्यास उसका सदस्यले कमिटीमा बसेर गर्न पाएका छैनन् । जसले गर्दा पार्टी संगठनमा निर्णय गर्ने अधिकार सीमित व्यक्तिमा केन्द्रित छ । त्यसमाथि नेतैपिच्छेको गुटले पार्टी संगठनलाई कमजोर बनाएको छ ।

पार्टी सचिवालय बैठकमै अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र ‘जोवन ढल्काउने’ र ‘गुटबन्दी’ गर्ने नेताहरू देखिएको भन्दै कि गुटबन्दी रोक्न अन्यथा घोषित गुटबन्दी गर्न चुनौती दिनुपरेको छ । पार्टी हेडक्वार्टरमै रहेका नेता ‘सनक’ का भरमा कहिले राजीनामा दिन्छन्, कहिले निष्क्रिय बसिदिन्छन् । पार्टी केन्द्रमै उसको ४ हजारको संगठन बनेको छ ।
जनवर्गीय संगठन र जातीय क्षेत्रीय मोर्चाभित्र झनै भाँडभैलो छ

एक उत्तर छोड्न