मेस्सीको पुनरागमन

0
98

एजेन्सी, बार्सिलोना । सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन् । तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन् ।

मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन् । चोटपछि कम्तीमा तीन साता गुमाउने भनिए पनि मेस्सी सोचेभन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए ।

प्रशिक्षणमा फर्किए पनि मंगलबार हुने खेलमा टोलीमा फर्कन्छन् भन्ने अपेक्षा कमैले गरेका थिए ।

एक उत्तर छोड्न