मोर्चा आए दुई चरणमै पनि चुनाव गराउन सरकार तयार

0
499

काठमाडौं : प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने पूर्ववत अडानमा केही लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलभित्रै मोर्चाका मागको साझा धारणा बनाउन बुधबार बालरवाटारमा कांग्रेसका दोस्रो तहका नेताहरुसँग छलफल गरेका थिए। छलफलमा सहभागी कांग्रेस नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखकले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि दुई विकल्पमा केन्द्रित रहेर समझदारी खोज्न जोड दिए। पहिलो, सरकारले अहिले प्रस्तुत गरेकै विधेयकलाई मतदानमा लैजाने। दोस्रो, सरकार र मोर्चाबीच अनौपचारिक कार्यदलले तयार पारेको संविधान संशोधनको ५ विषयलाई अघि बढाउने। तर, प्रधानमन्त्रीले जनघनत्वका आधारमा मधेसका केही भागमा स्थानीय तहको संख्या र छुट मतदाता नामावली नथपेसम्म मोर्चा नमाने के गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए। मोर्चाका पछिल्ला माग सम्बोधन गर्नुपर्ने अवस्था भएमा केही समय लाग्ने भएकाले मधेसका करिब ११  जिल्लमा दोस्रो चरणमा चुनाव गर्ने गरी समझदारी बनाउन कांग्रेसलाई लचिलो भइदिन पनि उनले आग्रह गरेको स्रोतले बतायो।

LEAVE A REPLY