राजपामा फुट: सत्तापक्षसँगको सहमतिमा राजपाका दुई नेताले हस्ताक्षर गरेनन्

0
495

प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने सत्तापक्ष कांग्रेस र माओबादी केन्द्रसँगको सहमतिमा मधेसकेन्द्रित दल राजपाका दुई नेताले हस्ताक्षर गरेका छैनन् ।

राजपाका नेताहरु राजकिशोर यादब र महेन्द्रराय यादबले हस्ताक्षर नगरी असन्तुष्टी जाहेर गरेका छन् । मंगलबार संसद बैठक सुरु हुनुअघि भएको सत्तापक्ष र राजपाबीचको हस्ताक्षर कार्यक्रममा दुबै नेता अनुपस्थित रहेका थिए । सहमति पत्रमा राजपाका अन्य दुई नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले पनि हस्ताक्षर नगरी उनीहरुका तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।
राजपामा सरकारलाई समर्थन गर्ने कि नगर्ने र दोस्रोचरणको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवाद चर्किदै गएको छ । विभिन्न पाँचवटा पार्टीमा विभाजित भएकालाई राजपामा एकीकृत गर्ने सूत्राधारका रुपमा प्रचारित राजकिशोर यादब अर्का नेता महेन्द्रराय यादबसँगै सत्तापक्षले संविधान संशोधनमा धोखा दिएकोले देउवालाई समर्थन जनाउन नहुने अडान राख्दै आएका थिए । उनीहरु दुबै जनाले संविधान संशोधन नहुँदासम्म कुनै पनि निर्वाचनमा सहभागी हुन नहुने मत राजपाभित्र राख्दै आएका छन् ।

LEAVE A REPLY